माओवादी केन्द्रका नेता ढुंगेलमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
काठमाडौ, दोलखाको कालिञ्चोक गाउँपालिकाका माओवादी केन्द्रका एक नेतामाथि खुकुरी प्रहार भएको छ ।

विगु गाउँपालिका वडा नम्बर ४ स्थित झोरुङ खोलामा नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका सह संयोजक समेत रहेका अन्दाजी ३३ वर्षका राम ढुंगेल गम्भीर घाइते भएका छन् । उहाँलाई विगु–४ कै ४५ वर्षका खड्ग बहादुर बुढाथोकीले खुकुरी हानेको दोलखा प्रहरीले जानकारी दिएको छ ।
खुकुरी प्रहारबाट घाइते भएका ढुगेंलको टाउकोमा गम्भीर चोट लागेको छ । उहाँलाई चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।


