धनकुटामा युवाहरुबिच खुकुरी हानाहान, ४ घाईते
धनकुटा खबर, भदौ २२ गते । धनकुटामा युवाहरुबिच बिबाद हुदा खुकुरी प्रहारबाट चारजना घाईते भएका छन ।
नगरपालिका–८ टेकुनालामा बिधुतको पोल लैजाने बिषयमा उत्पन्न विवाद पश्चात गएराति भएको झगडामा खुकुरी प्रहारगरि घाईते भएका हुन ।
घाईते धनकुमारलाई थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले जानकारी दिनुभएको हो । उहाँका अनुसार सुरविनको हातको नसा काटिएकाले थप उपचारका लागि धरान पठाईएको हो । अरु घाईतेको टाउँको लगायत भागमा चोट लागी उपचारकोलागि पठाएको जानकारी आएको छ ।
घाईते हुँनेमा स्थानीय युवा धनकुमार राई, असोक राई, पुरन राई र सुरवीन राई रहेको स्थानिय प्रहरीले जनाएको छ । घाईते तीन जनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ । गाउँमा बिधुतको पोल लैजाने बिषयमा दिउँसो बिवाद हुँदा उत्त घट्ना भएको थियो ।


