धनकुटामा विभिन्न कार्यक्रम गर्दै विश्व साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस मनाईयो
धनकुटा खबर,२३ भाद्र । विश्व साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरी धनकुटा सहित देशभर मनाईएको छ । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेसँग विश्व साक्षरता दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा धनकुटा जिल्लामा रहेका विभिन्न विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
दिवसको अवसरमा धनकुटा नगरपालिका वडा न.३ लाकुरेमा रहेको जनता आधारभुत अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप अन्र्तगत कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागी हस्तकला र कक्षा ४ देखि ८ सम्मका विद्यार्थीका लागी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
हस्तकला प्रतियोगितामा कक्षा २ का निश्चल वस्नेत प्रथम,कक्षा २ का कृतिका मल्ल दोश्रो,कक्षा २ कै पोष्टबहादुर शाही,भुमिका मल्ल तेश्रो र कक्षा २ का निशा ठकुरी,कक्षा १ का रोहित राई क र लक्ष्मी रिजाल सान्तवा हुनुभएको छ । चित्रकला प्रतियोगितामा कक्षा ५ र ४ विचको प्रतियोगितामा कक्षा ५ का सिटी ठकुरी प्रथम,कक्षा ५ कै शुशिल शाही दोश्रो,कक्षा ४ का दिया शाही तेश्रो र कक्षा ५ का उमा तामाङ्ग सान्तवाना हुनुभएको छ भने कक्षा ६ देखि ८ सम्मको प्रतियोगितामा कक्षा ८ का योशिज श्रेष्ठ प्रथम,कक्षा ८ का रचना राई दोश्रो,कक्षा ६ का सविना सुवेदी तेश्रो र कक्षा ७ का निरम शाही सान्तवना हुनुभएको छ ।
जनियर रेडक्रस सर्कलका सभापति योशिज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विजयीलाई पुरस्कार वितरण गरिएको छ । हस्तकला प्रतियोगिताको निर्णायकमा सविना खान ठकुरी,अस्मिता मल्ल र बालिका रिजालले गर्नुभएको थियो भने चित्रकला प्रतियोगिताको निर्णायकमा शिक्षक शशीकला मल्ल,चुनाकुमारी रिजाल र ईन्दिरा आचार्यले गर्नुभएको थियो । जुनियर रेडक्रस सर्कलको आयोजनामा भएको कार्यक्रमको सञ्चालन कक्षा ८ का विद्यार्थी विनिता ठकुरी र अनिसा श्रेष्ठले गर्नुभएको थियो । स्वागत मन्तव्य कक्षा ७ का विद्यार्थी सागर मल्लले गर्नुभएको थियो ।
यसैगरि धनकुटा नगरपालिका वडा न.९ मुलघाटमा रहेको कौशिका आधारभुत विद्यालयमा सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ । निवर्तमान वि.ब्य.स.अध्यक्ष सुरेश श्रेष्ठ र विद्यालयका शिक्षक नगेन्द्र राईलाइ सम्मान गरिएको छ । यस्तै कार्यक्रममा अतिरिक्त कृयाकलाप सहित विद्यालयको वार्षिक परीक्षामा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी हरूलाइ पुरस्कार प्रदान गरिएको छ ।
विद्यालय ब्यबस्थापन अध्यक्ष पूर्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी श्रोत केन्द्रका श्रोत व्यक्ति केदार अधिकारी तथा खोकु श्रोतकेन्द्रका श्रोत ब्यक्ति धर्मराज थोक्लेन,विद्यालय व्यवस्थापन समितिका सदस्य जय लिम्बु लगायतले वोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षक रोहिणी पाण्डेले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो साथै शिक्षक रामकुमार राइले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो भने गायक कलाकार एवं शिक्षक सूर्य वालिडले ’शिक्षा गीत’ तथा आधुनिक गीत गायन प्रस्तुत गर्नु भएको थियो ।
’शिक्षामा विद्यार्थीको भूमिका’ सम्बन्धी मन्तब्य सम्बन्धीत विद्यालयकी विद्यार्थी तथा कौशिका बाल क्लवकी अध्यक्ष विणुता गिरीले ब्यक्त गर्नुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयका प्रध्यानाध्यापक बिगेन्द्र याक्खा राईले गर्नु भएको थियो ।


