डेभिड मिलरको ९३ रनको योगदान बाबजुद सुदूरसँग कर्णाली पराजित

काठमाडौं, २० कात्तिक । नेपाल प्रिमियर लिग तेस्रो सिजनअन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णालीका डेभिड मिलरको विष्फोटक नटआउट ९३ रनको इनिङ्स खेर गएको छ ।

कर्णाली याक्सले २० ओभरमा सात विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५५ बल खेल्दै ५ चौका र ७ छक्का मदतमा अविजित ९३ रन बनाए। 

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २ तथा हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अभिनाश बोहराले १–१ विकेट लिए।

आजको खेलमा कर्णाली याक्सलाई पराजित गरेसंगै पाँच खेलमा ६ अंकका साथ सुदूरपश्चिम दोस्रो स्थानमा उक्लिएको छ। 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖