प्रदेश नम्बर १ मा पनि हर्न निषेध, बजाएमा १ हजार ५ सयसम्म जरिवाना

धनकुटा खबर, भदौ २४ गते । १ नम्बर प्रदेश अन्र्तगतका १४ जिल्लामा आगामी असोज १ गतेबाट सवारी साधनलाई हर्न बजाउँन निषेध गरिने हुँदा ३१ गते सम्म सचेतना अभियान संन्चालन गरिने भएको छ ।

बढ्दै गएको सबारी चापलाई ध्यानमा राखि ध्वानी प्रदुषण न्यूनिकरणका लागि हर्न निषेध गर्न खोजिएको हो ।

धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, ईलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, झापा, खोटाङ, उदयपुर, सोलुखुम्वु र ओखलढुंगामा यो नियम लागु हुनेछ ।

असोज १ गतेबाट १४ वटै जिल्लामा हर्न निषेध अभियान कार्यान्वयन गरिने पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनु भयो ।

उहाँका अनुसार नियम उल्लंघन गरी हर्न बजाएमा प्रकृति हेरी ५ सय देखि १ हजार ५ सयसम्म जरिवाना असुल गरिनेछ । यो नियम सवै सावारी साधनमा लागु हुनेछ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले १४ वटै जिल्लाका ट्राफिक प्रहरी कार्यालयलाई यो नियम लागु गर्न पत्राचार गरिसकेको हुनाले जिल्ला–जिल्लामा सचेतनामुलक अभियान सञ्चालन भईरहेको हो ।

तर, अत्यावश्य अवस्थामा भने हर्न बजाउँन पाईने धनकुटामा कार्यारत ट्राफिक प्रहरिले बताउनुभयो । ‘पहाडी जिल्लाका सडकको ठुलो वा अफ्ठ्यारो घुम्ती, सवारी ठोक्किनै लागेको र यात्रु किचिने आकस्मिक अवस्था भएमा मात्र हर्न बजाउँन पाउने ।

हर्न निषेध अभियानको विषयमा धनकुटा जिल्लामा सबारी चालकहरुलाई जानकारी गराईरहेको प्रहरी उपरिक्षक लम्सालले बताउनुभयो ।

हर्न निषेधका लागि यातायात ब्यावसायी, सवारी चालक लगायतलाई जानकारी गराउँने काम जारी राखिएको धनकुटाकाले बताएको छ ।

उहाँका अनुसार हर्न निषेध सम्बन्धि होडिङ वोर्ड राखेर पर्चा पम्प्लेट पनि वितरण गरिदैछ । यसअघि पूर्वमा पहिलो पटक ईटहरी बजार क्षेत्रमा ०७४ साउन १९ गतेबाट हर्न निषेध गरिएको छ । सुरुमा परिक्षणको रुपमा लागु गरेर एक महिना अघिबाट भने कार्यान्वयनमा ल्याईएको हो । राजधानीमा पनि हर्न बजाउँन निषेध छ ।

सोही क्रमलाई बिस्तार गर्दै १ नम्बर प्रदेशका सवै जिल्लामा पनि यो नियम लागु गर्न लागिएको ट्राफिक प्रहरि उपरिक्षकले बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।