धनकुटाको साँगुरीगढी गाउँपालिका २ वुढिमोरङ्गमा रहेको बालकल्वको अनुगमन

धनकुटा खबर, २६ भाद्र । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा न.२ वुढिमोरङ्गमा रहेको सिर्जनशिल बालकल्वको अनुगमन गरिएको छ । रामनवमि माविमा गठन गरिएको बालकल्वको आज अनुगमन गरिएको हो ।

बालअधिकार तथा शान्ति शिक्षा कार्यक्रम विद्यालयमा सञ्चालन भएसँगै वालकल्वलाई आर्थिक तथा विभिन्न प्रकारका पुस्तक सहयोग गरिएको छ । सामुदायिक विकास मञ्च नेपाल सिडिएफ धनकुटा, मानवअधिकार मञ्च नेपाल ईलामले वालकल्व सञ्चालन तथा अतिरिक्त क्रियाकलाप सञ्चालनका लागी आर्थिक सहयोग गरिएको छ ।

वालकल्व संरक्षक शिक्षक गिता चेम्जोङ्गका अनुसार सामुदायिक मञ्च नेपाल सिडिएफ धनकुटाले १२ हजार तथा मानव अधिकार मञ्च नेपाल ईलामको तर्फवाट पुस्तकालय व्यवस्थापनका लागी ५ हजार रुपैया आर्थिक सहयोग रहेको छ ।

यसैगरि नोवेल शान्ति पुरस्कार प्राप्त पुस्तक गरि ४० वटा पुस्तक सहयोग गरिएको छ । सिर्जनशिल वालकल्वका अध्यक्ष विगेश लिङ्गखाको अध्यक्षतामा भएको कार्यक्रममा अनुगमन टोलीले वालकल्वको विगत र अहिलेको अवस्था तथा वालकल्वले सञ्चालन गरेका क्रियाकलापहरुको वारेमा जानकारी लिएको छ ।

अनुगमन टोलीमा सामुदायिक विकास मञ्च नेपाल सिडिएफ धनकुटाका सचिव टिकाराम लिङ्गखा,वालअधिकार तथा शान्ति शिक्षा कार्यक्रमका जिल्ला संयोजक सावित्रा राई,महिला तथा वालवालिका कार्यालय धनकुटाका प्रतिनिधि चन्द्रकला वराल,वडा अध्यक्ष दलवहादुर ईङ्गनाम,पत्रकारहरु रमेशचन्द्र अधिकारी,सन्तविर लामा लगायतको उपस्थित रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।