कुनै दल छैनन् अछुतो, भारतीय गाडीमा चुनाव प्रचार (फोटो फिचर)
वीरगंज। प्रदेश नम्बर दुईका आठवटा जिल्लामा चुनाव प्रचारकाक्रममा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग बाक्लो छ। भारतीय सीमासँग जोडिएका जिल्लाहरु भएकाकारण यहाँ भारतीय सावरी साधनको आवागमन सहज छ। भारतीय जिप, भ्यान, मोटरसाइकल, टेम्पो लगायतका सवारी साधन प्रयोग गरेर दलहरुले स्थानीय तह चुनावको प्रचार गरिरहेको दृश्य प्रसस्तै देखिन्छ। कुनै पनि दल भारतीय गाडी प्रयोग गर्नमा अछुतो छैनन् । हेर्नुहोस् तस्बिरहरुः







– डिसी नेपालबाट ।


