महाभारतका स्थानीयबासी अन्धकारमा बस्न वाध्य !

धनकुटा खबर, भदौ २८ । धनकुटाको सागुरीगढी गाउपालिका वडा नं ८ महाभारतका स्थानीयवासिन्दा अन्धकारमा वस्न वाध्य भएकाछन् ।

विगत एक साता अघि वर्षात सँगै परेको चट्याङ लागेर नं ८ वडा को विद्युत ट्रान्सफर्मर विग्रीएपछि त्यहाँका २ सय ५० भन्दा वढी घरधुरी स्थानीयवासिन्दा अन्धकारमा वस्न वाध्य भएकाहुन् । विद्युत सेवा अवरुद्धहुदा त्यहाँका स्थानीयाई मोवाई चार्ज,व्याट्री चार्ज लगायतका काम गर्न समस्या भएको छ ।

साथै वडा कार्यलयको काम समेत प्रभावित भएको वडाध्यक्ष विनय राईले वताउनुभयो । यता विद्युतवाट सञ्चालन गरिने मिल पनि चलाउन नपाउदाँ व्यवसायमा प्रभाव परेको र सर्वसाधारणलाई सेवा दिन समस्या भएको स्थानीय व्यापारी वाल कुमार राईको गुनासो छ । ट्रान्सर्फमर मर्मतका लागि प्राधिकरण सँग कुरा गर्दा अहिले आफुहरु सँग ट्रान्सर्फमर नभएको र विद्युत सुचारु गर्न अझ १५ दिन भन्दा धेरै लाग्ने प्रधिकरणका कर्मचारी वलवहादुर भण्डारीले वताउनुभएको स्थानीयवासी पदम राईले जानकारी दिनुभयो ।

यो ट्रान्सर्फमर करिव ४ महिना अघि मात्र फेरिएको थियो । भौगोलिक धरातल उच्च भएको ठाउँमा ट्रान्सिमिटर राखीनु लगायत अन्य प्राविधिक कारणले त्यहाँको ट्रान्सिमिटर पटक पटक चट्याङले हान्ने गरेको छ । यो सम्म सो ट्रान्सर्फमर विग्रेको ५ पटक भईसकेको पदम राईले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।