परस्त्री वा परपुरुष तर्फ मात्र मन लाग्यो भने पनि अशुभ !, थाहापाऊनुहोस्, यस्ता छन शनिका ८ अशुभ संकेत

ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ । अफ्ठेरो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।

थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः

१. शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।

२. चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।

३. शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।

४. विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।

५. यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।

६. शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।

७. साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।

८. यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।