नेपाल शिक्षक संघ महालक्ष्मी नगरपालिकाको आठौं अधिवेशन सम्पन्न

धनकुटा खबर, भदौ ३१ । नेपाली काँग्रेसको सुभेक्षुक संस्था नेपाल शिक्षक संघ महालक्ष्मी नगरपालिकाको आठौं अधिवेशन सम्पन्न भएको छ । भोला भट्टराईको अध्यक्षता तथा जिल्ला अध्यक्ष थिरेन्द्र लिम्बुको प्रमुख आथित्यमा सम्पन्न उक्त भेलाले चकेन्द्र बस्नेतको अध्यक्षतामा २६ सदस्यीय चयन गरेको छ ।

जीतपुर क्याम्पसमा शनिबार सम्पन्न उक्त अधिवेशनबाट महिला उपाध्यक्षमा रिता ओझा,उपाध्यक्षमा सूर्यबहादुर,सचिव बाबुराम कुंवर,अर्थ सचिव नेत्र प्रसाद लामिछाने चयन हुनुभएको छ । त्यस्तै सह–सचिवमा श्याम कुमार श्रेष्ठ,महिला सह–सचिव द्वय उर्मिला अधिकारी र ईन्दिरा भट्टराई,सभावेशी सह–सचिव द्वय गोबिनद बहादुर मादेन र यम कुमार श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै जितपुरको वडा नं.१ देखि ९ सम्मका सदस्यहरु क्रमशः जितेन्द्र थापा,दिपाल पौडेल,लिला बहादुर कार्की,राम बहादु पौडेल,राम ढकाल,लिलाराम ठकुरी,कृष्ण कुमार राना,गोपाल कार्की र अम्बिका पौडेल रहनुभएको छ ।

त्यस्तै महिला सदस्यहरुमा मिना भट्टराई,करुणा मादेन र देवी अधिकारी(थापा) रहनुभएको छ । खुला सदस्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ शेरजंग बुढाथोकी,योगेन्द्र श्रेष्ठ र गंगा बहादुर काफ्ले चयन हुनभएको छ ।

नव गठित समितिलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य लेखनाथ पौडेलले बधाई ज्ञापन गर्नुभएको थियो । शिक्षकहरु शिक्षा र सामाजिक रुपान्तरणका सम्वाहक भएकोले उक्त समितिले शिक्षहरुको हकहित,अधिकार र समाजिक परिवर्तनका लागि शिक्षाको गुणस्तर तथा विद्यार्थिहरुको बहुआयामिक विकासमा समेत काम गर्ने पौडेलले बिश्वास ब्यक्त गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।