विदेशमा यस्ता जागिरको छ अत्यधिक माग…

एजेन्सी । संसारमा हरेक मानिसले पैसा कमाउनका लागि कुनै काम गर्नैपर्छ । सामान्य जागिर त तपाईंले थाहा पाउनु नै भएको छ तर विदेशमा यस्ता काम पनि डिमान्डमा छन् जसका बारेमा मानिसलाई खासै जानकारी छैन । तर यस्ता अनौठा जागिरमा मानिसले राम्रो तलब पाउँछन् ।

नांगा मोडेल
कम समयमा थुप्रो पैसा कमाउन मन छ भने नांगिनुस् । न्युड मोडेललाई घन्टाको हिसाबमा तलब दिइन्छ । एक घन्टाको २० हजार रुपैयाँसम्म पाइन्छ । कलाको क्षेत्रमा नग्न मोडेलको माग उच्च छ । पेन्टरहरूले आफ्नो कामलाई बढी यथार्थपरक बनाउन नग्न मोडेल लिन्छन् ।

नरिवल जाँच्ने
भियतनाममा नरिवल झर्न ठिक्क परेको छ कि छैन भनी जाँच्ने मानिसले राम्रो तलब थाप्छन् । नरिवल खसेर टाउकोमा बज्रिएर धेरै मानिस मर्ने भएकाले यस्ता जाँचकीले नरिवल झर्न लागेका छन् छैनन् हेर्नुपर्छ । झर्न लागेको नरिवल यिनीहरूले टिप्छन् ।

जनावरको खाना चाख्ने
जनावरलाई खुवाइने खाना चाख्ने मानिसको तलब सुन्दा तपाईं पनि यो जागिर गर्न चाहनुहुन्छ होला । यसका लागि लगभग चार लाख ३० हजार रुपैयाँ पाउनुहुन्छ । यो त सिकारुको तलब भयो । अनुभवीहरूले त यसका लागि ८० लाख रुपैयाँसम्म पाउँछन् । घरपालुवा जनावरका लागि खाना चाखिदिने काम हो यो ।

फिल्म हेरेर पैसा कमाउने
अमेरिकामा मुभी फलोअर्स नामक जागिर छ । यसमा मानिसले फिल्म हेरेर त्यससँग जोडिएका प्रमुख शब्द वा कीवर्ड्स निकाल्नुपर्छ । यसरी कीवर्ड्स निकाल्दा मानिसलाई फिल्म सर्च गर्न सजिलो हुन्छ । यसका लागि राम्रो पैसा दिइन्छ ।

रेलमा मान्छे कोच्ने
जापानका भूमिगत रेलमा खुट्टा राख्ने ठाउँ हुँदैन । त्यसैले सरकारले यात्रुहरूलाई रेलभित्र ठेलेर कोच्ने मानिसहरू नियुक्त गरेको छ । सबैलाई समयमै पुग्नुपर्ने भएकाले रेलमा भीडभाड हुन्छ ।

सुतेर तलब थाप्ने
यो जागिरमा तपाईंले गद्दामा सुतेर कत्तिको मजाले निद्रा लाग्यो भन्नुपर्ने हुन्छ । ओछ्यानको गुणस्तर पत्ता लगाउनका लागि कम्पनीहरूले मोटो रकम खर्चेर मानिसहरूलाई सुत्न लगाउने गरेका छन् ।

अँगालो हाल्ने
दुःखी मानिसहरूलाई अँगालो हालेर दुःख हटाउने प्रयत्न गर्ने जागिर पनि छ । विकसित देशका मानिस एक्लोपनका कारण प्रायः दुःखी रहन्छन् । उनीहरूलाई प्रेमको आवश्यकता हुन्छ । विज्ञहरू त्यस्ता मानिसलाई अँगालो हाल्छन् र पीडा कम गर्न सहायता गर्छन् । यसका लागि उनीहरूलाई एउटा सत्रमा लगभग १३ हजार रुपैयाँ दिइन्छ ।

– लोकान्तरबाट साभार ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।