स्थानीय स्तरबाटै छथरलाई पर्यटकीय गन्तब्य बनाउन ४४ लाख रकम बिनीयोजन
धनकुटा खबर । तेह्रथुम जिल्लाको दक्षिण पश्चिमी क्षेत्रमा रहेको छथरलाई पर्यटकिय गन्तब्य बनाउन ४४ लाख रुपैयाँ रकम बिनियोजन गरिएको छ ।
छथरलाई ऐतिहाँसिक, पुरातात्विक, जातिय, भौगोलिक, धार्मीक, साँस्कृतिक पर्याबरणीय तथा साहासिक पर्याटन बिकास गर्ने उदेश्यका साथ गाँउपालिका घोषण पछि पहिलो गाँउ सभाले पर्याटन बिकासका लागी यतीका धेरै रकम पहिलो पटक बिनीयोजन गरीएको हो । यस क्षेत्रमा रहेका पर्याटकीय प्र्रचुर संम्भावना रहेका तर संरक्षणको अभावमा गुमनाम भएका क्षेत्रहरुको खोजी गरी पर्याटन बिकास गरिने भएको छ । रकम बिनीयोजनले पर्याटन बिकासमा टेवा पुग्ने देखीएको गाँउपालिका प्रमुख सन्तोष तिगेलाले बताए ।
तत्कालिन ६ वटा गाबिसहरुले पर्याटन बिकासका लागी खासै चासो नदेखाएको यस क्षेत्रमा गाँउपालिका भए सँगै नबनिर्बाचित जनप्रतिनीधीहरुले पहिलो पटक रकम निकासा गरेका हुन । पर्याटन बिकासका लागी गुरुयोजना निमार्ण गरी छथरलाई पर्याटकीय गन्तब्यको रुपमा बिकास गरीने भएको प्रमुखले बताए । पर्याटन बिकासका लागी पर्याटकिय क्षेत्रहरुको प्रचार प्रसारलाई प्राथमिकताका साथै बृतचित्र तथा ब्रोसियरहरु प्रकाशन गरी आन्तरिक तथा बाह्रीय पर्याटकहरुको आकर्षणको केन्द्रको रुपमा बिकास गरिने भएको गाँउपालिकाले जनाएको छ ।
पर्याटकिय पुर्बाधार र सुबिधाको प्रबन्धको ब्याबश्था गरिनुको साथै यस क्षेत्रमा भित्रीएका पर्याटकहरुलाई कम्तीमा तिन दिन सम्म यस क्षेत्रको अबलोकन गर्नका लागी रहने बाताबरण मिलाईने भएको छ । पर्याटन बिकासका लागी यसै आर्थीक बर्षमा सौरेनीमा पिकनिक पार्क, चाङसिङ गढी भ्यु टावर, सुरक्रबारे प्रहरीचौकीमा भ्यु पार्क, सुक्रबारे आहालडाँडा भ्रमण पार्क, मार्घापोखरी संरक्षण, सात तले मन्दिर धाम प्रबर्धन , थाक्चोलुङ, ताक्लुङ गढी,हनुमाने ढुङगा नागा ओडारहरु, संरक्षण बृक्षण रोपण लगायतका कार्य सुरु गरीने भएको छ ।
पर्याटन बिकास सँगै छथर क्षेत्रका स्थानीयहरुको आर्थीक आजआर्जनका थप टेवा पुग्ने भएको छ । धनकुटा सदरमुकाम देखी बसमा २ घण्टामा पुग्न सकिने यस क्षेत्रलाई पर्याटकीय रुपमा बिकास गर्न सके आन्तरिक तथा बाह्रीय पयार्टकहरुको गन्तब्य बन्न सक्ने स्थानीयहरुले बताउने गरेका छन । हावापानीको अनुपम मौसम रहनुको साथै गर्मी र जाडोको कुनै प्रबाह रहने यो स्थानलाई पर्याटन बिकासका लागी गाँउपालिकाले रकम निकासा गरे सगै छथर पर्याटकीय गन्तब्य बन्ने भएको छ ।


