दुबइ सरकारले बनाउँदैछ मंगल ग्रहको सहर

सयुक्त अरब इमिरेट्सको दुबईमा सरकारले करोडौँ डलरको लागतमा मंगल ग्रहजस्तै सहर निर्माण गर्ने घोषणा गरेको छ ।

उक्त सहरमा मंगल ग्रहकै जस्तो वातावरण हुनेछ । १ अर्ब ३५ करोड डलरको लागतमा बन्ने सहर एक लाख वर्गफिटमा फैलिनेछ ।

अधिकारीहरुका अनुसार ब्रम्हाण्डमा विद्यमान कुनैपनि संरचनाको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिलिपिको रुपमा यो सहर रहनेछ ।

सहर निर्माणको क्रममा शोधकर्ताहरुले अनेक अनुभव हासिल गर्नेछन् । जसमा मंगल ग्रहमा जिवनका लागि आवश्यक भोजन, पानी तथा उर्जाको अनुभव पनि सामेल छ ।

यो सहर परियोजना दुबईको ‘मंगल २११७ परियोजना’को हिस्सा हो । आउँदो एक सय वर्षमा मंगल ग्रहमा मानव वस्ती बसाउने योजना दुबईको छ ।

मंगल सहरमा अत्याधुनिक ल्याब, संग्राहलय, मंगल ग्रहकै जस्तो भूअवस्थितिका साथै कठोर मौसम रहनेछ । संग्राहलयमा अन्तरीक्ष विज्ञानको क्षेत्रमा प्राप्त उपलब्धीहरु देखाइनेछ । बीबीसी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।