अन्तत: माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि लगाए टीका !

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि झैं यस वर्ष पनि दशैंको टीका लगाउने छैन । पार्टीले जनयुद्ध शुरु गरेदेखि अहिलेसम्म अध्यक्ष प्रचण्डले दशैंका टीका लगाएका छैनन । त्यस अघि प्रचण्डले बाबुआमासँग दशैंका टीका लगाएर आर्शिवाद थाप्थे । ५२ साल यता प्रचण्डले औपचारिक रुपमा दशैं मनाएका थिएनन् तर यस चोटि भने टीका लगाएका छ्न ।

त्यसैले आज टीकाको दिन उनी लाजिम्पाटस्थित निवासमा परिवारका सदस्य र आफन्तसँग बसेर खानपिन गरेर दशैं मनाउँदैछन् । लाजिम्पाट स्रोतका अनुसार खसी काटेर मासुका परिकार खाने र खुवाउने योजना छ।

त्यसको साथै अध्यक्ष प्रचण्डलाई यस वर्षको दशैमा भ्याइनभ्याई छ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनौटको चटारो पनि छ उनलाई ।

आगामी चुनाबबाट पार्टीलाई पहिलो बनाउने योजनामा रहेका अध्यक्ष प्रचण्डले संघ र प्रदेशको चुनावका लागि उपयुक्त उम्मेदवार छनौट गरी टिकटको वितरण गर्नेमा दशैंको फुर्सदलाई उपयोग गर्ने बताइएको छ ।

त्यसैगरी समय मिलाएर पार्टीका नेता, कार्यकर्ता तथा आफन्तसँग भेटघाट गर्ने पनि उनको योजना रहेको छ । दशैंका लागि भनेर कुनै विशेष कार्यक्रम नभएकाले सम्पूर्ण समय आगामी चुनाब र भावी राजनीतिक रणनीतिका लागि खर्चिने अध्यक्ष प्रचण्डको योजना रहेको छ ।

– तस्बिर: प्रकाश दाहालको फेसबुक बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।