यी हुन नरभक्षी जोडी जस्ले ३० जनालाई मारेर खाए

रुसमा एक विवाहित जोडीले ३० जना मानिसलाई मारेर खाएको अपराध कबुलेका छन् । कारागारमा रहेको यो जोडीले १८ वर्षपछि आफ्नो अपराध स्वीकार गरेको हो ।

रुसको क्रसनोदर सिटीमा बस्ने दिमित्री बाकशाएब र उसकी पत्नी नतालिया दुवै नरभक्षी थिए । उनीहरू मानिसलाई मारेर मासु घरको फ्रीजरमा राख्थे अनि धेरै दिन लगाएर खान्थे । उनीहरूले मान्छेको मासुको अचार नै बनाएर राखेका थिए ।

दिमित्री र नतालियालाई सन् १९९९ मा मान्छे मारेको आशंकामा पक्राउ गरिएको थियो ।

उनीहरूको घरमा तलाशी गर्दा आठ मानिसका शरीरका अंग भेटिएका थिए । त्यसबाहेक उनीहरूको फ्रीजरमा थुप्रो मासु थियो ।

यी सनकी जोडीले मानिसको मासुको अचार समेत बनाएका रहेछन् । प्रयोगशालामा जाँच हुँदा अचार मासुबाटै बनाइएको पत्ता लाग्यो ।

प्रहरी अनुसन्धानबाट नतालिया नर्स भएको पत्ता लाग्यो । उसले शिकार सजिलै पाउने देखियो ।

दुवैजनाका विरुद्ध प्रहरीले धेरै प्रमाण जुटाएको भएपनि उनीहरू आफूलाई निर्दोष बताइरहन्थे । तर अहिले आएर चाहिँ उनीहरूले अपराध कबुले । त्यसो त नतालिया घरमा शव ल्याएर परीक्षण गर्ने गरेको बताउँथिन् ।

सन् १९९९ को सेप्टेम्बरमा दजेरजिंस्कोगो सडकबाट एक महिला हराएको सूचना प्रहरीले पायो । त्यतिखेरसम्म धेरै मानिस हराएको उजुरी प्रहरीले प्राप्त गरिसकेको थियो ।

लामो अनुसन्धानपछि प्रहरी दिमित्रीको घर आयो । प्रहरीले घरमा छापा मार्दा मानव शरीरका अंगहरू र धारिलो हतियारहरू भेटिए ।

प्रहरीले जुटाएको प्रमाणका आधारमा अदालतले दुवैलाई आजीवन कारावास सजाय सुनाएको भएपनि उनीहरूले अपराध कबुलेका भने थिएनन् ।

अहिले आएर चाहिँ उनीहरूले करीब ३० जनाको हत्या गरेर मासु खाएको बताए । एजेन्सी

https://youtu.be/LaBAubGvUG8



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।