देवनारायण यादवको रिहाइ माग गर्दै विद्यार्थी निस्के सडकमा, भारतीय दूतावास घेराउ

काठमाडौं, १६ असोज । सप्तरीको तिलाठी कोइलाडीका नेपाली नागरिक देवनारायण यादवलाई भारतीय प्रहरीले गरेको पक्राउको विरोधमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, नेविसंघका उपाध्यक्ष पुष्प शाही, अखिल क्रान्तिकारीका उपाध्यक्ष दीपेश पुनको नेतृत्वमा भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरिएको हो । विद्यार्थीहरुको समुहले लैनचौरस्थित भारतीय दूतावास अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले ‘देवनारायण यादवलाई ससम्मान रिहा गर’, ‘सीमा हस्तक्षेप बन्द गर’, ‘भारतको दादागिरी बन्द गर’ लगायतका नारा लगाएका थिए ।

भारतीय सुरक्षाकर्मीले देवनारायण यादवलाई पक्रेर सुपौल जिल्लाको बिरपुरमा राखेको छ । छोरालाई गत शनिबार भारतीय प्रहरीले पक्रेको खबर पाएपछि छोरालाई छुटाउन भारत जानुभएका देवनारायणलाई पक्रेको हो । देवनारायण र उहाँका छोरा अजयलाई हतकडी लगाएर राखिएको तस्वीर सार्वजनिक भएको छ ।

गत वर्ष भदौमा खाँडो नदीमा भारतले एकतर्फी बाँध बाँधेका बेला देवनारायणको नेतृत्वमा त्यसको प्रतिकार भएको थियो । त्यसबेला उहाँलाई भारतीय सुरक्षाकर्मीले घाइते बनाएका थिए । त्यसैबेला देखि भारतीय पक्षको तारो बनाइनुभएका देवनारायणलाई अहिले भारतीय प्रहरीले पक्राउ गरेको हो । गतवर्ष उहाँलाई अनेरास्ववियुले नेपालको सीमा रक्षक र राष्ट्र नायकको संज्ञा दिएर सम्मान गरेको थियो।

भारतीय दूतावास अगाडि भएको विरोध प्रदर्शनमा विद्यार्थी नेताहरुले कोणसभालाई सम्वोधन गर्दै नेपाल र नेपालीप्रतिको हेपाहा प्रवृत्ती त्याग्न भारतीय पक्षलाई आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।