‘विट क्वाइन’ तस्करीमा राजावादी नेता संलग्न, यसरी परे प्रहरीको फन्दामा !

काठमाडौं, २१ असोज । विश्वको सर्वाधिक महंगो मानिएको इन्टरनेटमार्फत कारोबार हुने मुद्रा ‘विट क्वाइन’को तस्करीमा संलग्न रहेको आरोपमा एक राजावादी नेता पक्राउ परेका छन् । विट क्वाइनको तस्करी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले राजावादी नेता दमन बस्नेत पक्राउ परेका हुन् ।

कमल थापा नेतृत्वको तत्कालिन राप्रपा नेपाल हुँदै हाल प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका केन्द्रीय सदस्य रहेका बस्नेत विट क्वाइन कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् । उनी ५० कटेका भनिएका व्यक्तिहरुको संस्था ‘क्लब फिप्टी’का अध्यक्ष समेत हुन् ।

इन्टरनेट मार्फत पैसाको कारोबार हुने एक प्रकारको साइबर मुद्राको किनबेच विट क्वाइन हो ।

प्रहरीले उनीसहित अरु ६ जनालाई समेत पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा बस्नेतसहित सिन्धुलीका ज्ञानप्रसाद पौडेल अर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, नुवाकोटका बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ र रुपन्देही मनीषकुमार गिरी रहेका छन् ।

पौडेल क्वाइनको नाममा नक्कली क्रिप्टोकरेन्सी बनाएर ठगी गर्ने नाइकेमध्ये एक भएको सिआइबीले जनाएको छ ।

प्रहरीले अभियुक्तहरुको साथबाट ठगीमा प्रयोग गरेका ल्यापटप, कम्प्युटर, मोबाइललगायत उपकरण जफत गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले नक्कली विट क्वाइनमार्फत ठगी गर्नेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताएको छ । – लोकान्तर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।