इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटा र पछिल्लो समय मिडियामा प्रहरीको धरपकड प्रकरणको सत्य तथ्य छानबिनका लागि संसदीय छानबिन समिति बनाउन माग गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बसेको दलको बैठकमा सहभागी भएका महामन्त्री प्रदीप पौडेलले त्यस्तो निर्देशन दिएका हुन् ।

पौडेलले अदालतमा विचौलिया भूमिका निर्वाह गरेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका इनम सापकोटा प्रकरणको सत्य तथ्य छानबिनका लागि आवाज उठाउन संसदीय दललाई निर्देशन दिए ।

‘अदालतमा भइरहेको विचौलिया प्रकरणको छानबिन गर्न संसदीय समिति माग गर्न दललाई पार्टीले निर्देशन दिएको छ,’ पौडेलले भने, ‘पार्टीको तर्फबाट दलको बैठकमा मैले त्यस्तो निर्देशन दिएको हुँ ।’

महामन्त्री पौडेलले मिडिया हाउसमा पुगेर प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिने, कर्मचारीलाई पक्राउ गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्‍याउने र अदालतको विचौलिया प्रकरणको छलफल गर्न तत्काल संघीय संसद्को अधिवेशन आह्वानको माग गर्न पनि दलललाई दिर्नेशन दिएको जानकारी दिए ।

आइतबार कांग्रेस सभापति गगन थापाले संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई पछिल्लो समय देखिएका घटनामा संसदीय छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । सोहीअनुसार सोमबारको संसदीय दलको बैठकमा यसले प्रवेश पाएको हो ।

अहिले संघीय संसदका दुवै सदन बन्द छ । कांग्रेसले चाँडो प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक बोलाएर यस्ता घटनाको विषयमा संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्ने भएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖