धरानमा २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जना पक्राउ
सुनसरी, कार्तिक १६ गते । सुनसरीको धरान उप-महानगरपालिका-२० च्यान डाँडाबाट २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कार्तिक १६ गते बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीलाई बा. १ च ५०३८ र को. १ च ८१८२ नम्बरको स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको समुहले प्रहरीलाई देख्नसाथ भाग्न खोजे पछी प्रहरीले पेस्तोलबाट २ राउण्ड हावाई फायर गरी चालक सप्तरी डाक्नेश्वरी नगरपालिका-१० का २४ बर्षीय रामसागर कुमार यादव, छिन्नमस्ता गाउँपालिका-६ का ५९ बर्षीय राज कुमार साह, राजगढ गाउँपालिका-१ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, धरान-११ का २१ बर्षीय अमृत बिशुङखे र भारत बिहारका ३८ बर्षीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको उक्त गाडीबाट २०९ किलो ४२ ग्राम गाँजा बरामद भएको छ भने बेचबिखानमा संलग्न पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।


