ओली र प्रचण्डले दिए कांग्रेसलाई चेतावनी !

काठमाडौं, २२ असोज । चुनावी तालमेलसहित एकता प्रक्रियामा जुटेका एमाले र माओवादी केन्द्रले बामपन्थी गठबन्धनबाट नअत्तालिन र चुनाव प्रभावित हुने गतिविधि नगर्न कांग्रेसलाई चेतावनी दिएका छन् ।

कांग्रेसले लोकतन्त्र नै खतरामा परेको र मुलुकमा अधिनायकवादी व्यवस्था ल्याउने प्रयासको रुपमा बामपन्थी गठबन्धनप्रति टिप्पणी गरेपछि दुबै दलले उसलाई जवाफ दिएका हुन् ।

एमाले र माओवादी केन्द्र दुबैको शनिबार बसेको छुट्टाछुट्टै बैठकमा कांग्रेसले गरेको टिप्पणीमाथि समिक्षा भएका थिए ।

गठबन्धन बनाउने सहमतिपछिको अवस्थाबारे समिक्षा गर्न शनिबार एमाले स्थायी समिति र माओवादी केन्द्रको संसदीय दल एवं पोलिटव्यूरोका बैठक बसेका थिए ।

एमाले बैठकले कांग्रेसबाट आएको टिप्पणी उत्तेजक र अराजनीतिक खालको भएको भन्दै यही बहानामा चुनाव प्रभावित हुने खालका गतिविधि नगर्न चेतावनी दिएको छ ।

‘काग्रेस अत्तालिएको जस्तो गरेर अनुचित टिप्पणी गरिरहेको छ’, बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘लोकतन्त्र नै खतरामा पर्‍यो भन्ने ढंगको टिप्पणी गर्नु आपत्तिजनक छ र यही बहानामा चुनावलाई अन्योल पार्ने खालका गतिविधि नहोस् भन्ने हाम्रो बैठकको निष्कर्ष छ ।’

विकास र समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक पर्ने र त्यही बाटोमा जाने प्रयासस्वरुप एकता प्रक्रियामा अघि बढेको उल्लेख गर्दै एमालेले यसलाई अनिष्ठको संकेतको रुपमा टिप्पणी गर्नु हतास मानसिकताको उपज भएको ठहर गरेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

माओवादीको संसदीय दल र पोलिटब्यूरो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेसबाट आएको टिप्पणीप्रति आपत्ति जनाउँदै गठबन्धन कसैका विरुद्ध नभएको बताए ।

‘हाम्रो समिकरण कसैका विरुद्ध होइन, बैचारिक रुपमा एउटै धारमा रहेका दल मिल्दा नै मुलुकको हित हुन्छ’ अध्यक्ष दाहालले पोलिटब्यूरो बैठकमा भने,‘एमाले–माओवादी एकताले तत्काल न त साम्यवादी व्यवस्था आउने हो न अधिनायकवादी व्यवस्था नै ।’

शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाटै अघि बढ्ने उल्लेख गर्दै दाहालले यसमा कुनै भ्रम नराख्न आग्रह गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।