यसरी बने काँशिनाथ मजदुरबाट लखपति !

जसले कमाउँछन् मासिक ६ लाख

धनकुटा खबर । कुनै बेला मजदुरी गरेर परिवार पाल्न मुस्किल हुने धनकुटा सिंधुवाका काँशिनाथ निरौला अहिले दैनिक ११ जनालाई रोजगार दिएर करौडौको उद्योग चलाउने भएका छन् ।

उनले अहिले दैनिक २ लाख ६० हजार बरावरको ५ हजार लिटर दुधबाट दुग्धजन्य बस्तुहरु उत्पादन गरेर २ लाख ९० हजार भन्दा बढीको कारोबार गर्ने गरेका छन् ।

उक्त कारोबारबाट दैनिक १९ हजार भन्दा बढी कमाउने निरौलाले सिंधुवा बजारमा लाखौको घरघडेरी समेत जोडेका छन् ।

२०६५ सालमा ४० हजार लगानीमा शिव शक्ति दुग्ध उद्योग सन्चालन गरेका छथर जोरपाटी सिंधुवाका ४४ बर्षिया निरौलाले हाल लगानी बढाएर १ करोड ५० लाख पु¥याएका छन्् ।

उनले बर्खाको ६ महिनामा ४ करोड ६८ लाख भन्दा बढी र हिउँदका ६ महिनामा ४८ लाख सम्मको कारोबार गरी बर्षमा ५ करोड १६ लाख भन्दा बढीको कारोबार गर्ने गरेका छन्् ।

यसरी करोडौको कारोबार गरेर लखपति बनेका निरौला कुनै बेला एक काम खोजेर भौतारिंदै हिंड््ने एक सामान्य मजदुर थिए ।

यहि मजदुरीको शिलशिलामा भारतमा ११ बर्ष मजदुरी संगै उनको जीवनले नयां मोड लिएको थियो । कामको खोजिमा भौतारिंदै जाँदा निरौला भारतको मेघालयमा ७ बर्ष मजदुरीपछि अरुणाञ्चल प्रदेशको एक गाई फार्ममा ४ बर्ष काम गरेका थिए ।

गाई फर्ममा काम गरिरहंदा उनलाई नेपाल आएर आफ््नै गाउँमा दुग्ध उद्योग खेलेर केहि गर्न सकिने सोंच आयो ।

यहि क्रममा नेपाल आएर उनले आफ््नो पुर्खेउली घर धनकुटाको भरिगाउँ १३ मा दुग्ध उद्योग शुरु गरे । प्रारम्भमा आधा–आधा केजी घ्यू र छुर्पी बनाएर घ्यू ३ सय ४० मा र ४ सयमा छुर्पी बेचेको उनलाई अझैं सम्झना छ ।

त्यो बेला सम्झंदै निरौला भन्छन््–‘उद्योग शुरु गरेको ५ बर्ष त परिवार पाल्न पनि पुगेन ।’ कारण कुनै प्राबिधिक ज्ञान बिना नै अरुले काम गरेको हेरेर निरौलाले उक्त समयमा ब्यसवसाय शुरु गरेका थिए ।

बिना अनुभव उत्पादन गरेका बस्तुहरु बिग्रने र गुणस्तर नहुने भएकाले उनको उत्पादन नबिकेपछि उनलाई उक्त समयमा परिवार पाल्न पनि मुस्किल थियो ।

तर बिस्तारै उनले दुग्ध जन्य बस्तु बनाउने प्राबिधिक शिपहरु सिकेर उत्पादित बस्तुहरुको बजार बिस्तार समेत गरेपछि उद्योग र आम्दानीमा सुधार आउन थाल्यो ।

त्यसपछि उनले २०७१ सालमा लगानी थप गरेर ६२ लाखको लागतमा भिरगाउँ र सिंधुवामा एकैसाथ ब्यबसाथ शुरु गरे ।

यस बीचमा २०७२ साल असारमा उनको उद्योगमा आगलागी भएर सबै उद्योग नष्ट भयो । तर उनको त्यो मेहनेत र उद्योग प्रतिको लगाव देखेर त्यो बेला उनलाई बिभिन्न ब्यक्तिहरुले सहयोबाट उनले पुनः उद्योग स्थापना गरेका थिए ।

उक्त समयमा निरौलाले बिना कुनै बैक÷बित्तिय संस्था र साहुको लगानी आवश्यक परेन । उनले दुग्ध ब्यबसायबाट कमाएको ३८ लाख र अन्य समाजको ऋण सहयोग ऋणबाट एक करोड १७ लाखमा पुनः उद्योग स्थापना गरेका थिए ।

उनले अहिले फागुन देखि ओज सम्मको ६ महिना आफ््नो उद्योगको पूर्ण क्षमतामा दैनिक २ सय केजी घ्यू ,२ सय कजी छुर्पी र माग अनुसार पनिर बनाएर बिक्री गर्ने गरेका छन्् ।

यस ६ महिनामा प्रसस्त दुध पाउने भएकोले उनले मासिक ८७ लाख भन्दा बढीको कारोबार गरेर मासिक ६ लाख भन्दा बढी कमाउने गरेका छन्् ।

तर बाँकी ६ महिना हिउँदको समयमा दुध अभावका कारण मासिक ८ लाखको कारोबार गरे २० हजार भन्दा बढी कमाई नहुने उनको भनाई छ ।

‘हिउँदमा दैनिक ६ सय लिटरको भरमा उद्योग चलाउनु पर्ने बाध्यता छ’ उनले भने, ‘६ महिना उद्योग टिकाएर बस्नु पर्छ ।’

हिउँदका समयमा कम दुध उत्पादन हुने र जिल्लाका संकलन केन्द्रहरुले तराईका जिल्लाहरुमा दुध निर्यात््लाई प्राथमिकता दिने भएकाले दुध नपाएको निरौलाको भनाई छ ।

उत्पादित बस्तु बेच्न कुनै कमी नभएका कारण उनले आफ््नो उत्पादनलाई धनकुटा,सिनसरी,मोरङ्ग,झापा,पोखर र मुख्य बजारका रुपमा काडमाण्डौमा बेच्ने गरेका छन् ।

अत्याधिक मागका कारण उनले अहिले बजार मागलाई धान्न सकेका छैनन् ।

उनलाई मासिक १५ हजार केजी छुर्पी माग आउने गरेको छ । तर लगानीको अभावमा आफ््नो उद्योगको क्षमता बिस्तार गर्न नसक्दा उनले मासिक ६ हजार केजी भन्दा बढी छुर्पी दिन सकेका छैनन् ।

उनलाई उद्योगको क्षमता बढाउन अहिले रकमको अभाव छ । तर उनलाई बैंकहरुले ऋण सहयोग नदिएको उनको गुनासो छ । ‘के मिलेन कुन्नी ? बैकहरुले पनि पैसा दिएका छैन’,उनी गुनासो गर्छन् ।

तीन जनाको परिवार भएको निरौलाले यो ब्यसबयबाट नै कमाएर मध्ये पहाडी राजमार्गमा अबस्थित सिंधुवा बजारमा ४५ लाखको घर÷घडरी जोडेका छन्् ।

यसर्थ हाल सम्म बिना ऋण नै यति सम्म प्रगति गर्न पाउँदा आफू यस ब्यबसायबाट निकै खशी रहेको निरौला बताउँछन्् ।

हाल धनकुटाका ५ वटा दुग्ध जन्य उद्योगबाट बार्षिक ५७ मेट्रिक टन २९ करोड ८ लाख ७५ हजार बराबरको दुग्ध जन्य बस्तु जिल्ला बाहिर निकासी हुने जिल्ला पशु कार्यालयको तथ्यांक छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७३÷०७४ मा धनकुटाबाट १ करोड २० लाख बरावरको १६ मेट्रिक टन छुर्पी,७१ लाख बरावरको १३ मेट्रिक टन चिज,७८ लाख बराबरको १२ मेट्रिक घ्यू र २० लाख बरावरको २० मेट्रिक टन निकासी भएको छ ।

यस आर्थिक बर्ष मा ५२ करोड ३३ लाख २० हजार बरावरको १३ हजार ८३ मेट्रिकटन दुध उत्पादन भएको थियो ।

उक्त उत्यादन मध्ये २९ करोड ४३ लाख ६८ हजार बराबरको ६ हजार ५ सय ४२ मेट्रिकटन दुध जिल्ला बाहिर निकासी भएको कार्यालयका निमिक्त प्रमुख झविन्द्र मरासिनिले जानकारी दिए ।

तस्वीर : कााशिनायले उद्योगमा सुकाएको छुर्पी र आफ््नो उद्योगमा बनाएको छुर्पी सुकाउँदै काशिनाथ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।