घरमा राखेको १७ किलो गाँजा सहित ७० वर्षीय वृद्ध पक्राउ

रौतहट ,२५ भदौ । पर्सामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–४ भथौरा निवासी दुखि महतो रहेका छन्।

उनको घरबाट प्रहरीले प्लास्टिकसहित १८ किलो ४०० ग्राम र प्लास्टिक हटाउँदा १७ किलो ७०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार महतोले घरमै गाँजा लुकाएर राखेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले बिहीबार महतोको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।