प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हालसम्म ५ अर्ब बढी खर्च

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म रु पाँच अर्ब ६२ करोड २१ लाख ४७ हजार २९९ खर्च भएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्तिमार्फत यही पुस २१ गतेसम्म कुल बजेटको ५७.९६ प्रतिशत रकम खर्च भएको जनाएको हो । कुल ७७ जिल्लामा निकासा भएको रकम रु चार अर्ब ८६ करोड १४ लाख ६८ हजार ६०८ रहेको र आयोगको केन्द्रीय कार्यालयबाट हालसम्म जम्मा रु ७६ करोड छ लाख ७८ हजार ६९१ खर्च भएको जनाएको हो ।

प्राप्त बजेटमध्ये आयोगसँग रु चार अर्ब सात करोड ७८ लाख ५२ हजार ७०० रकम बाँकी रहेको र सो रकमबाट राष्ट्रियसभा सदस्य निर्वाचन र राष्ट्रपति एवं उपराष्ट्रपतिको निर्वाचन कार्य सम्पन्न गर्ने प्रबन्ध मिलाइने विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा दुई लाख १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको थियो । यस्तै ६४ भन्दा बढी प्रकारका निर्वाचन सामग्री प्रयोग गरिएका थिए । निर्वाचन सम्पन्न गराउन १६५ निर्वाचन क्षेत्रमध्ये ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा लाग्ने खर्च गर्दा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ तथा निर्वाचन आयोग ऐन २०७३ लाई पूर्णरूपले पालना गरेको समेत जनाएको छ ।

सबै खर्च मितव्ययी तथा पारदर्शी रहेको जानकारी दिँदै आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि सरकारबाट जम्मा प्राप्त रु १० अर्ब रकममध्ये रु ३० करोड रकम पुँजीगत खर्चतर्फ रकमान्तर गरिएको थियो । यस्तै रु नौ अर्ब ७० करोड रकम निर्वाचन कार्यका लागि छुट्टाइएको थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।