नेम्वाङ नभएको भए जेल जान्थे गगन थापा !, घटना यस्तो…

काठमाण्डौं, २५ पुस । कांग्रेस युवा नेता गगनकुमार थापाले आफूलाई पनि मानहानीको मुद्दा चलाउन सर्वोच्च अदालतलाई चुनौती दिएका छन् । डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा मंगलबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले आफूसहित केसीका पक्षमा उभिएका सबैलाई मानहानी मुद्दा लगाउन चुनौती दिए ।

यद्यपि उनले आफूहरु अदालतको विरोधमा नभई सम्मान बढाउन भेला भएको दाबी गरे । थापाले ज्ञानेन्द्रले सत्ता हातमा लिएका बेला राज्यद्रोहको मुद्दा लागेको र त्यस क्रममा इजलासमा भएको बहस स्मरण गरे, खबर काठमाण्डौं टुडेले लेखेको छ ।

‘मेरो पक्षमा बहस गरिरहनुभएका सुवास नेम्वाङले श्रीमान् । एकछिन कुर्नुस्, बाहिर के नारा लागिरहेको छ सुनौं भन्नुभयो । नारा लाग्यो ‘ज्ञाने चोर देश छोड’ । त्यसपछि सुवास नेम्वाङले भन्नुभयो, श्रीमान यदि मेरो पक्षमाथि जे बोल्यो भनेर मानहानी लागेको छ, त्यो राजद्रोह हो भने तल आएका सबै राजद्रोही हुन् । सबैलाई एकैपटक सजायँ दिनुपर्छ ।’

नेम्वाङको तर्कपछि आफू तारेखमा रिहा भएको उनले सुनाए । अहिले पनि केसीलाई मानहानीमा पक्राउ गर्नु गलत भन्दै आफूहरु सडकमा आएकाले सके मुद्धा चलाउन उनले चुनौती दिए । ‘आज म त्यही दिन सम्झिएर सम्मानित अदालतप्रति इज्जत गर्दै आग्रह गर्न चाहन्छु’, थापाले भने, ‘श्रीमान, डा. गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई त्यो मानहानी लागोस् ।’

केसीप्रति पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै थापाले अदालत कानुनको धारामा नभई जनताको विश्वासमा अडिनुपर्नेमा जोड दिए । जनताको विश्वास गुमाएका दिन अदालत लडखराउँने उनको भनाइ थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।