रेल मार्ग बनाउने भारतीय कम्पनीको लुट, ट्याक्स तिर्ने जनतालाई दया चाहिएन तर सुविधा दिनु पर्दैन ?, हाकिम साबहरुलाई रवीको सिधा कुरा

शारीरिक रुपमा अपागंता भएका व्यक्तिहरुप्रति राज्य अत्यन्त विभेद देखिन्छ । संसार अपाङगता भएकाहरुलाई अरु भन्दा राम्रो सुबिधा प्रदान गर्दछ । तर हाम्रा नवनिर्माणहरुमा समेत शारीरिक अपाङगता भएकाहरुको बारेमा सोचिएको छैन । अन्य मुलुकले यो वर्गलाई गर्ने सम्मान, सुविधा र इज्जत तुलना गर्न खोजिएको होइन ।

विकसित देशको जस्तो सुविधा र सम्मान चाहिएन तर सामान्य मानविय सदस्यता त देखाउन सकिन्छ नि । ह्वील चियरमा शहरमा गुड्ने व्यक्तिहरुले यो मुलुकका शहरहरुमा कहाँ कसरी शौचालयको प्रयोग गर्ने ?

सार्वजनिक सवारी साधन कसरी चड्ने ? आफ्ना शरीरका सबै अंग चलेकाहरुले हाम्रो समाजका विकलागंहरु प्रति सोचेको देखिएन । यो मुलुक केवल हात गोडा दिमाग चल्नेहरुका लागि मात्र हो ?

सुस्त मनस्थीति भएका ,दृष्टी विहिन, मानसीक रुपमा अशक्तहरुको दैनिकी बारे यति धेरै उदासिनता त अमानविय भएन र ? सडक पेटी छैनन, भएका ठाँउमा निर्माण सामाग्रि थुप्रिएका छन् । कतै खालि भए असभ्य जंगलीहरु बाइक, गाडी पार्किङ गरिदिन्छन् ।

राज्य त दृष्टीविहिन नेपाली दाजुभाई दिदी बहिनीसँग पनि त ट्याक्स लिन्छ नी । ट्याक्स तिर्ने जनतालाई दया चाहिएन तर सुविधा दिनु पर्दैन ? घरमा सुस्त मनस्थिती भएका सन्तान स्याहारेर बसेका अविभावकहरुलाई भेटेर त हेर्नुहोस् । कष्टकर जीवन सिंगो परिवारले भोगीरहेको छ ।

अस्पताल, क्लिनिक, बसपार्क मात्र होइन सिनेमा घर, सपिङ मल सबका सब अपाङ्गमैत्री हुनुपर्छ । सपिङ गर्न र मनोरञ्जन गर्न शारीरिक दुर्वलता भएकाहरुले गर्नु नपर्ने ?

नीति निर्माता ज्युहरु १ घण्टा आँखा बन्द गरी यो शहरमा हिडि हेर्नुहोस, १ दिन घरबाट ह्वील चियरमा बसी शहर तिर जानुहोस, भएकै हात पछाडि बाँधेर सार्वजनिक सवारी साधनको प्रयोग १ दिन गरीहेर्नुहोस् ।

यो समाजमा सुविधा सम्मान र अधिकार सबैलाई चाहिन्छ, छुट्टै पार्कीङ, छुट्टै सिट विशेष छुट का साथमा छुट्टै लाइनको बिषेश व्यवस्था हुनु पर्छ । आफ्नो नाता, टोल, छिमेकमा शारीरिक दुर्वलता भएकाहरुसँग १ दिन विताउनुस् सायद नीति नियम बनाउँदा विशेष महत्व दिनुपर्ने कारण आफै थाहा पाउनु हुनेछ ।

यो दुनिया र यो दनियाका सुख सेवा सुविधा सबैले पाउनु पर्छ । कतिपय कर तिर्न जाने कार्यालयहरुमा ४/५ तल्लाका कोठा चोटाहरुमा १० पटक १० थरी कागजमा सहि गराउन ओहोर दोहोर गर्नुपर्छ । कि त अनिवार्य लिफ्ट राख्नु प¥यो कित सारा हाकिम साबहरुको कोठा भुइँतल्लामा सार्नु प¥यो । दया गरेर होइन सम्मान गरेर ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।