पहाडका गोलिया तराईका भेनियरमा, करोडौं आम्दानी !
धनकुटा खबर । बनपैदावरबाट लामो प्रयासपछि पहाडि जिल्लामा रहेको धनकुटाका ग्रामिण स्तरका जनताहरुको आयस्तरमा बृद्धि भई धनकुटा जिल्लाकै आर्थिक आयमा बृद्धि हुन पुगेको छ ।
कोशी अञ्चलमा रहेका चारै जिल्ला तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुरमा रहेका किसानको निजी जग्गामा रोपिएका उत्तिस, मौवा, मलेदो, चिलाउने लगायतका काठ तराईका प्लाइउड (भेनियर) उद्योगहरूमा जाने गरेको पाईन्छ । घरमा दाउराका रूपमा प्रयोग भईरहेको कुकाठ धमाधम बिक्री हुन थालेपछि कोशी पहाडका किसानले खेत–बारीसमेत मासेर रुखबिरुवा रोपिरहेका छन् ।

पहाडी जिल्लाका किसानले काठ बिक्रीबाट बर्षेनी करोडौँ रुपियाँ कमाई रहेका छन् । अहिले धनकुटामा नगदेबालीसरह काठले आम्दानी दिईरहेको धनकुटा ३ कागतेका स्थानियबासी किसान ख्याम प्रसाद भण्डारी बताउछन ।
किसानले आफ्नो बगानको रूख आफ्नो घरायसी तथा स्थानिय सामाजिक निर्माण कार्यमा लगाऊनुका साथै व्यापारीलाई बिक्री गर्ने र व्यापारीले गोलिया बनाएर तराईका विभिन्न प्लाइउड उद्योगहरूमा पु¥याउने गरेका छन् । पहाडका गोलिया झापा, मोरङ, सुनसरीलगायत जिल्लाका भेनियर उद्योगमा पुग्ने गरेको छ । धनकुटाका किसानले बर्षौं देखि काठ बिक्री गर्दै आईरहेका छन् ।
काठ नाम सुन्दा अलि अनौठो लागे पनि यही काठले पहाडी जिल्लाका किसानको आर्थिक अवस्थामा बृद्धि ल्याई दिएको छ ।
लामो समयदेखि बाँदरका समस्या र युबा शक्तिको अभाबले खेती हुन छोडेका पाखोबारीमा रु लगाउँदा भू–क्षय रोक्ने र आम्दानीसमेत हुन थालेपछि किसानलाई फाईदा हुने भएकोले आज भोलि स्थानियबासिहरुले त्यस्ता प्रजातिहरु आफै रोप्न थालेका छन् ।
गएको आर्थिक बर्ष २०७३-७४ मा धनकुटाबाट मात्र २ करोड ७ लाख ४५ हजार २४९ रुपैयाँ बराबरको नरम काठको गोलिया निकासी गर्दा कर कार्यालय मार्फत मुल्य अभिबृद्धि कर (भ्याट) बुझाएको जिल्ला वन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
निजी आवादीका रूख कटानका लागि स्थानीय तहको सिफारिस, जग्गाको नक्सा लगायतका कागजात तयार गर्नुपर्ने भएकाले यस्तो झण्जटिलो प्रक्रिया अन्त्य हुनुपर्ने काष्ठ व्यवसायी प्रेम खड्का र किसान भण्डारीले बताउनु भयो ।
यो जिल्लाको कुल क्षेत्रफल ८९५२५.४ हेक्टर रहेको छ । धनकुटाको भू–उपयोग तथ्याङ्क अनुसार ३८ हजार ३५५.५ हेक्टर ४२.८४ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँ सरकारद्वारा संरक्षित वन, सामुदायिक वन, धार्मिक वन, कबुलियत वन र निजी वन छन् । निजी दर्ता भएका वनबाहेक सर्वसाधारणले आफ्नो पाखाबारी र खेतमा लगाएका निजी वनको भने यकिन तथ्याङ्क जिल्ला बन कार्यालयमा नरहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद वस्तीले बताउनुभयो ।
जिल्ला वन अधिकृत वस्तीले काठजन्य वस्तुमा भ्याट लाग्ने व्यवस्था अनुसार जिल्ला वन कार्यालयले निजी नम्बरी आवादीका काठमा भ्याट बाहेक अनय राजस्व तथा शुल्क सरकारी पक्षबाटे लिने नगरिएको बताउनुभयो ।
निजी पाखाबारि र बारि कान्लामा भएका रुखहरु गोलिया बनाई लैजान धान, मकै वा अन्य नगदेबाली सरह बिक्री गर्न पाउनुपर्ने माग उठिरहेको भए पनि रूख काट्नु हुँदैन, वातावरण बिग्रन्छ भन्ने समाजको बुझाई एकातिर छ भने सरकारी नियम पनि प्रकृयागत कार्यले ब्याबसायी तथा किसानहरुले केहि झन्झटिलो मानेको पाईन्छ भनि जिल्ला वन अधिकृत वस्तीले बताउनुभयो ।
पाखाबारीमा आफै उम्रिएका वा रोपेर हुर्काइएका रूख १० वा १२ वर्षभित्रमा बेच्न योग्य हुने किसानहरू बताउँछन् ।
गोलिया व्यवसायीले किसानको बारीबाटै किनेर कानुनी प्रक्रिया पुरागरी गोलिया निकासी गर्ने गरेका ईलाका बन कार्यालय चुलिवन कागतेका सहायक वन अधिकृत रामबाबु यादवले जानकारी दिनुभयो ।
पहाडका किसानको आर्थिक अवस्था सुधार हुनुमा नरम काठ उत्पादन तथा बिक्रिको ठूलो महत्व रहेको छ । बिनास्याहार हुर्कने र उत्पादन हुने नरम काठ पहाडी जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सिब कुमार बुडाथोकीले बताउनुभयो ।

