बढ्यो सुन-चाँदीको भाऊ, यस्तो छ आजको बजार मुल्य…
काठमाडौं, पुस ३० । आइतबार सुनको भाउमा पुनः बृद्धि आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यस दिन स्थानीय बजारमा छापावाल सुन तोलामा ४ सयले बढेर ५७ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ५६ हजार ६ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ७ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस १३ सय ३५ डलर हाराहारिमा कारोबार भईरहेको थियो ।


