धनकुटामा आन्दोलनले उग्र रुप लिंदै : आन्दोलनकारी र सुरक्षाकर्मी बीच घम्साघम्सी, एक घाईते
धनकुटा खबर । क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा तालाबन्दी गर्ने क्रममा आन्दोलनकारी र सुरक्षाकर्मी बीच घम्साघम्सी हुंदा १ जना घाईते भएका छन् ।

प्रदेश सभासद क र ख का समासद् द्वय निरन राई र ईन्द्रमणी पराजुलीको नेतृत्वमा तालाबन्दी गर्न गएको टाली बीच प्रशासनको गेटमा घम्साघम्सी हुंदा धनकुटा ६ का जेसिस श्रेष्ठ घाईते भएका हुन् ।
केहि समयको घम्साघम्सीपछि आन्दोलनकारीहरुले प्रशासनको मूल गेट तोडेर प्रशासनमा पुगेर क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह बिरुद्ध नाराबाजी गरेका थिए ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउने आन्दोलन चलिरहँदा उनी कार्यालयमा उपस्थित नभएकोले कार्यालयमा तालाबन्दी गरिएको आन्दोलन संघर्ष समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।
गएको ३३ दिन देखि जारी राजधानीको आन्दोलन र यस बीच बिभिन्न समयमा घोषित अनिश्चितकालीन आम हडतालहरुले धनकुटाको जनजीवन प्रभावित हुंदै गएको छ ।
सम्बन्धित भिडियो – चर्कियो धनकुटामा आन्दोलनः घम्साघम्सीमा एक घाईते, यसकारण प्रशासकलाई पानीमुनी गए पनि नछोड्ने… (भिडियो सहित)


