प्रदेश १ को मुकाम विराटनगर तोकेपछि असन्तुष्ट धनकुटेलीद्वारा देउवाको पुत्ला दहन
धनकुटा खबर । सरकारले प्रदेश १ को मुकाम विराटनगर तोकेपछि असन्तुष्ट धनकुटेलीले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन । धनकुटाको जिरो प्वाईन्टमा शंख बजाऊंदै बिभिन्न नारासहित पुत्ला दहन गरिएको हो ।

धनकुटालाई प्रदेश नं. १ को राजधानी माग गर्दै गएको ३३ दिन देखि धनकुटामा जारी आन्दोलन र बिभिन्न समयमा बिभिन्न आम हडतालहरु गरिएतापनि बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोके पछि देउवाको पुत्ला दहन गरिएको हो ।
सरकारले सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ । जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ ।
त्यस्तै प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।


