क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा तोडफोड !
धनकुटा खबर । प्रादेशिक राजधानी बिराटनगर तोकेको बिरोधमा आज धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आन्दोलन परिचालन समितिको चारसय जतिको हुलले आगो लगाई तोडफोड गरि क्षति गरिएको छ ।

कार्यालयमा भएका कम्प्युटर, एसी, झ्यालको सिसा लगायतका धेरै क्षति पुर्याएको सुरक्षमा खटिएका सुरक्षकर्मीले बताउनु भयो ।
क्षति भरखरै गरिएको हुनाले केकति क्षति भयो भनि यकिन गर्न बाकि नै रहेको उहाँले बताउनु भयो ।
आगो भने अहिले नियन्त्रणमा लिईसकेको हुनाले थप क्षति हुन बाट जोगिएको बताउनु भयो ।


