धनकुटाको निशेधाज्ञा कायम, ७ गते सम्म आम हडताल

धनकुटा खबर । धनकुटामा जारी निशेधाज्ञा प्रशासनले केहि खुकुलो पारेपनि आन्दोलनकारीहरुले ७ गते सम्मलाई बिभिन्न एक दर्जन आन्दोलनका कार्यक्रम सहित आम हडताल घोषणा गरेको छ ।

धनकुटामा उत्पन्न परिस्थितको बिषयमा आन्दोलन पक्ष र स्थानिय प्रशासन बीच शुक्रबार भएको बार्ता निश्कर्ष बिहीन टुंगिएपछि आन्दोलनकारीहरुले उक्त संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

धनकुटालाई प्रदेश नं.१ को राजधानी धनकुटालाई बनाउन अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतामा बसेको संघर्ष समितिले उक्त आन्दोन घोषणाको निर्णय गरेको हो ।

समितिले भोली शनिबार देखि सोमबार सम्म बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म यातायात, बजार तथा सम्पूर्ण क्षेत्र बन्द हुनेगरी आम हडतालको घोषणा गरेको छ ।

भोली बिहान ११ बजे धनकुटा बजारमा बिरोध ¥याली प्रदर्शन गरी घर–घरमा कालो झण्डा र कालोपट्टी बाँधेर बिरोध जनाउने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलीबाटै जिल्लाका सबै सरकारी कार्यालयहरुलाई दिउँसो १ बजेदेखि २ बजे सम्म काम नगरी ‘पेन डाउन’ गरेर बस्न अनुरोध गर्ने र जिल्लाबासीको नागरीकता संकलन गरेर स्थानिय प्रशासन मार्फत्् सरकारलाई बुझाउने निर्णय गरिएको छ ।

अबका दिनमा प्रशानले जिल्लाको बिषयमा कुनैपनि निर्णय गर्दा जिल्लाका राजनैतिक दल तथा बिभिन्न संघ ंस्थाका प्रतिनीधिहरु राखेर निर्णय गर्नुपर्ने र प्रशासन घोर भत्सना गरेर भण्डाफोर अभियान चलाउने निर्णय गरेको छ ।

आन्दोलनमा घाईते भएकाहरुको राज्यबाट निःशुल्क उपचारको माग गर्दै समितिले प्रदेश नं. १ का १४ जिल्लामा रहेका माननिय र सरोकारवालाहरु संग छलफल चलाउने भएको छ ।

अबको आन्दोलनमा धनकुटाको थानिय ७ स्थानिय तहलाई आन्दोलनमा सहभागिताको लागि अुरोध गर्ने बताएको समितिले धनकुटालाई सरकारले अस्थाई राजधानी नतोके सम्म धनकुटाका माननियहरुलाई सफथ ग्रहण नगर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

निशेधाज्ञा जारी रहेपनि त्यसलाई केहि खुकुलो बनाएको प्रशासनले भने आनदोलनकारीहरुको निणृय अनुसार कार्यक्रम निर्णय गरेर जाने प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।