पट्याउन मिल्ने ल्यापटप !

चिनियाँ कम्पनी लेनोभोले चाँडै नै विश्व बजारमा पट्याउन मिल्ने ल्यापटप ल्याउने भएको छ । प्रविधि विशेषज्ञहरूका अनुसार अमेरिकाको न्युयोर्कमा हालै भएको एउटा आयोजनमा कम्पनीले आफ्नो स्वप्न परियोजना बारे खुलासा गरेको छ ।

यो कम्प्युटरको स्क्रीनलाई प्रयोगकर्ताले आफ्नो सुविधा अनुसार दोब्र्याउन सक्ने बताइएको छ । यसले गर्दा प्रयोगकर्तालाई यसको प्रयोगका दौरान मात्र सुविधा हुने छैन बल्कि यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म लैजान समेत सजिलो हुने भएको छ ।

हालसम्मका ल्यापटपमा किबोर्ड र स्क्रीनबिचको जोडनेरबाट मात्रै मोड्न सकिन्छ तर यस प्रकारको डिभाइस उपलब्ध भएपछि यसमा स्क्रीनलाई नै चाहेको आकारमा मोड्न सकिने भएको छ ।

प्रविधि विशेषज्ञहरूका अनुसार यो आफैंमा एक्लो मात्र यस प्रकारको खुबी भएको ल्यापटप हुनेछ तर कम्पनीले कहिलेसम्म यसलाई बजारमा उतारिसक्ने बारे भने अझै मुख खोलेको छैन । तर यसको मुल्य भने दरिलै राख्ने कम्पनीको मनसाय रहेको समाचारहरूले जनाएका छन् ।

यसका साथै अबको केही वर्षपछि हाल चलनचल्तीमा रहेका परम्परागत किबोर्डहरूलाई दोब्र्याउन मिल्ने (फोल्डेबल) किबोर्डहरूले विस्थापित्त गरिसक्ने छन् । एउटा चिनिया कम्पनीले रुमालजस्तै पट्याएर गोजीमा राख्न मिल्ने किबोर्ड बनाउन आफु सफल रहेको जानेको छ ।

यसलाई केबुल या ब्लुटुथको माध्यमले स्मर्त्फों, ट्याब्लेट, कम्प्युटर या स्मार्ट टिभीसँग जोड्न सकिने जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।