पहेलपुर देखिने खोकुमा सुन्तला नफल्दा हरियाली मात्रै, ५ सय घरपरिवार चिन्तित (भिडियो सहित)
धनकुटा खबर । सुन्तलाको राजधानीको नाम कहलिएको धनकुटाको खोकुमा यो वर्ष सुन्तला उत्पादनमा ८० प्रतिशत कमि आएको छ ।
लामो समय सम्मको खडेरी र त्यसपछिको आएको असिनापानीले सुन्तलाको फुल र दाना झारिदिएपछि खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका वडा नं–४ खोकुका करिव ५ सय घरपरिवार यतिवेला चिन्तित बनेका छन् ।
लामो समयसम्मको खडेरी र त्यसपछि आएको असिनापानीले सुन्तलाको फुल र दाना झारिदिएपछि सुन्तलाको राजधानीको लागि नाम कहलिएको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिका वडा नं–४ खोकुमा यो वर्ष सुन्तला उत्पादनमा ८० प्रतिशत कमि आएको छ । सुन्तला उत्पादन घट्दा यहाँका किसान चिन्तित वनेका छन ।
विगतका वर्षमा सुन्तला पाकेर पहेलपुर देखिने खोकु गाउँ यतिबेला सुन्तला नफल्दा हरियाली मात्रै देखिएको छ । यहाँका करिव पाँच सय घरपरिवारले नगदे वालीको रुपमा सुन्तला खेती गर्दै आइरहेका यहाँका किसानले ५० देखि ४ सयको हाराहारीमा सुन्तलाको विरुवा लगाएका छन् ।
विगतका वर्षमा वोटै नथामिने गरी फल गरेको वगान भित्र अहिले सुन्तलाको वोट मात्रै रहेको किसानको भनाई छ । यहाँका उत्पादन हुने खोकु जातको सुन्तला धनकुटामा मात्रै नभइ नेपालमै लोकप्रिय छ ।
सुन्तला खेतीमा आश्रित रहेका यहाँका स्थानीय वासिन्दा पछिल्लो समय अन्य खेती तर्फ आर्कषित हुन थालेका छन । जिल्ला कृषि विकास कार्यालय धनकुटाले पनि यो वर्ष ३० प्रतिशत सुन्तला उत्पादन घट्ने प्रारम्भिक अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा ५ सय ५५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीवाट ४हजार ४ सय ४ मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो ।


