ओलीले ‘अवैध धनलाई पनि बैध गर्न सकिने’ भनेपछि शुरुभयो यस्तो टिकाटिप्पणी – हेर्नुहोस् भिडियो सहित

काठमाडौ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अवैध धनलाई पनि बैध गर्न सकिने भनि चेम्वर अफ कमर्सका ब्यवसायिक प्रतिनिधिहरुसँग वोलेको प्रसङले आर्थिक तथा राजनीतिक क्षेत्रमा बिभिन्न टिकाटिप्पणी गरेका छन । अर्थबिदहरुले कालोधनलाई बैध बनाउने कुराले गलत कृयाकलाप गरी धन आर्जन गर्नेलाई प्रशय हुने धारणा ब्यक्त गरेका छन ।

बुधवार न्यूज २४ टेलिभिजनको नियमित समसामयिक कार्यक्रम ब्यवसायमा वोल्दै अर्थविद प्राध्यापक डा पुष्कर बज्राचार्यले अन्तराष्ट्रिय क्षेत्रमा नेपाल कर छली गरेको रकम कालोधन प्रयोग हुने मुलुकमा रहेको भन्दै आशंका भइरहेको वेला जिम्मेवार पार्टीका प्रमुखबाट आएको अभिब्यक्तीले गलत काम गरी पैसा कमाउने ब्यक्ति र समूहलाई अवसर हुने भएकोले यो कुरालाई सार्वजनिक रुपमा प्रष्ट गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।अर्का अर्थबिद् डा चन्द्रमणि अधिकारीले नेपालमा कर, भन्सार तथा राजश्व छली गरी गलत तरिकाले आय आर्जन गर्ने समूह सकृय रहेको हुदाँ कालोधनको बिषयमा सरकारको स्पष्ट नीति नियम हुनु पर्नेमा जोड दिनु भयो ।

नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले निजी क्षेत्रले कालोधनको बिषयमा एमाले अध्यक्ष ओलीसँग कुनै पनि कुरा नगरेको बताउदै सरकारको कर तथा भन्सारको निती ब्यवहारिक नभएको बताउनु भयो । पछिल्लो पटक कालोधनको बिषयमा आर्थिक तथा निजी क्षेत्रमा बिभिन्न खालको टिकाटिप्पणाी भइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।