टेलिकम धनकुटाद्वारा ३ जना सम्मानित
धनकुटा खबर । टेलिकमको सेवा सन्चालनमा सहयोग गर्ने ३ जना सहयोगी स्थानियबासीहरुलाई टेलिकम धनकुटा शाखाले सम्मान गरेको छ ।

आफ्नो १४ औं स्थापना दिवशको अबसर पारेर शाखाले संखुवासभा जिल्ला र धनकुटाको सिमानामा रहेको मुढेका एक र पाँचथर र धनकुटाको सिमानामा रहेको छ नं बुधबारेमा रहेको टेलिफोन एक्शचेन्ज केन्द्रका २ सहयोगीहरुलाई सहयोग गरेको हो ।
सम्मानित हुनेहरुमा मुढे शनिश्चरे संखुवाभाका कुमार दाहाल र बुधबारे धनकुटाका योगेन्द्र ढकाल र चन्द्रमणी चापागाईलाई कदर–पत्रले सम्मान गरेको हो ।

उक्त केन्द्रहरुमा समस्या आएर सेवा अबरुद्ध हुंदा जिल्लाबाट गएर सेवा दिन एक दिन भन्दा बढी लाग्ने भएकाले स्थानियबासीहरुद्वारा सहयोग लिईरहेको टेलिकम धनकुटाका प्रमुख मुकेश चौधरीले बताए ।
स्थानियहरुको सहयोगका कारण कुनै समस्या आए तत्काल सेवा सूचारु गर्न सम्भव भएको र जिल्लाको श्रोत, साधनको समेत बचत भईरहेको उनले बताए ।
टेलिकमका सूचना अधिकारी उमश कुमार ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा टेलिकमले बिश्रान्ति आश्रम धनकुटा मुलघाटका जेष्ठ नागरीकहरुलाई खाद्यन्न हस्तान्तरण गरेको थियो ।


