अरुको कुरा सुनेरै बिदेश जाने सोच बदलेका धनकुटाका यी युवाको यस्तो प्रगती…
धनकुटा खबर । धेरै जसो यूवाहरुको चाहना हुन्छ पढाई सकेपछि कुनै जागीर खाने त्यसो नभए विदेश जाने तर धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ का यूवा मेघराज खतिवडा भने गाउँमा बाउ बाजेले थालेको परम्परागत बाख्रा पालनलाई व्यावसाय रुप दिएका छन् ।

बाउ बाजेले गरी रहेको परम्परागत बाख्रा पालन पेशा लाई उनले व्यावसायीकता दिन ४ बर्ष अघि फर्म नै दर्ता गरी ९ लाख लगानी गरेको थालेको व्यावसाय १५ लाख बराबरको लगानी रहेको छ । अहिले उनको र्फममा स्थानिय र उन्नत जातका करिब दुई सय बाख्रा रहेका छन् ।
खर्च कटाएर बार्षिक ३ लाख आम्दानी हुने खतिवडाले बताए । १ जनालाई रोजगारी समेत दिएका उनले व्यावसाय लाई अझ विस्तार गर्न योजना भएको बताए । उनले भने सरकारले कृषि क्षेत्र लाई अझै पनि उपेक्षा नै गरेको छ कृषिको बजेट सडक, पुल, खानेपानीमा लगाईन्छ यो सरकार र स्थानिय निकायको कमजोरी हो ।
साथीको लहै-लहैमा लागेर पढाई नसकि विदेश जाने सोच बनाएका खतिवडा बैदेशीक रोजगारी बाट फर्किएका आफ्न्तले विदेशमा भोग्नु परेको दुःख र त्यहाँ नेपालीले भोग्नु परेका समस्या सुन्दा र पढ्दा नै विदेशमा गर्ने मेहनतले स्वदेश मै केहि गर्न सकिन्छ भन्ने लागेर व्यावसायी बाख्रा पालन सुरु गरेको धनकुटा खबरलाई बताए ।
शिक्षा शास्त्रमा एम.एड. गर्दै गरेका खतिवडा भन्छन् । पढेपछि जागिर मात्र खानु पर्छ भन्ने सोच नै अधिकांश यूवा हरुमा हुनु नै गलत भएको बताउछन् । आफ्न्तले जागिर खानु पर्छ भने दवाद पनि नदिएका होईन्न् तर त्यस तर्फ ध्यानै गएन र विद्यार्थी कालमा पनि बरु राजनिती तिर लागियो उनि भन्छन् ।
विद्यार्थीकालमा पाटीका विभिन्न निकायमा बसेर काम गरेको बताउने उनी स्थानिय निकायको निर्वाचनमा वडा अध्यक्षमा चुनाव लडेर पराजीत भएको बताए । उनि भन्छन्,- व्यावसाय बिनाको राजनीतीले भ्रष्टाचार निम्याउछ त्यसैले राजनितीमा आउने यूवाले व्यावसाय गर्नु आवस्यक रहेको बताउछन् । अब त बाख्रा पालन छोडेर अन्य पेशामा जान सकिन्छ जस्तो नै लाग्न छाड्यो यहि पेशामै रमाएको छु ।


