दाताहरुको सहयोग र मन्त्रालयको साडे तीन करोड लागतमा यस्तो बन्दैछ विश्रान्ती आश्रममा पूर्वाधार – भिडियो सहित
धनकुटा खबर । साढेतीन दशक देखि असहाय जेष्ठ नागरिकलाई सहारा र संरक्षण दिदै आएको धनकुटाको मुलघाट स्थित बिश्रान्ती बृद्धाश्रममा पूर्वाधार निर्माणले गति लिएको छ ।दान तथा सरकारका विभिन्न परियोजना मार्फत आश्रीत जेष्ठनागरिकको सुविधा तथा विभिन्न धार्मिक र पितृकार्यका लागि अत्यावश्यक हरिहर भवन, पुराण श्रवण केन्द्र, पितृघर, आवास तथा बृद्धमैत्री पटाङगिनी लगायतका संरचना निर्माण भैरहेको छ । दान संकलन, दाताहरुको सहयोग र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयको करिब तीन करोड ४५ लाख रुपैयाँको लागतमा विश्रान्ती परिषरमा पूर्वाधार ब्यबस्थापनको काम चलिरहेको आश्रम ब्यबस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिनु भयो । बृद्धाश्रममा पूर्वाधार ब्यबस्थापनका लागि दाताहरुले एक रुपैयाँ देखि ७७ लाख रुपैयँसम्म दान गरेका छन् । थप खबरको लागि यो लिङ्कमा क्लिक गर्नुहोस् – विश्रान्ती आश्रममा थपिदै छन यस्ता गतिला पूर्वाधार
https://youtu.be/7plHjU4uVFE


