धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालियो

बनियानी, झापा। झापामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ ।

भूमिगत पानी तानेर आधुनिक सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको सुपरजोन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिँचाइका लागि स्थायी प्रकृति विद्युत् आपूर्ति व्यवस्था गर्न र लागत न्यून बनाउन सौर्य ऊर्जा उपयोगमा ल्याइएको हो । “एउटा सौर्य बोरिङ जडान गर्न पाँच लाख लाग्छ,” उहाँले भन्नुभयो, “सुपर जोन क्षेत्रमा कम्तीमा दुई बाली व्यावसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनोट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिइने छ ।”

सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईले कम लागतमा धेरै उत्पादन लिन र कृषकलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन सौर्य बोरिङमा जोड दिइएको बताउनुभयो । यसका लागि कृषकबाट लागतको १५ प्रतिशत बेहोर्नुपर्छ । उहाँले भन्नुभयो – “छनोट प्रक्रिया पूरा गरेर किसानलाई सौर्य बोरिङ उपलब्ध गराइनेछ ।” हालसम्म सुपरजोन क्षेत्रका कृषकले पाँचवटा सौर्य बोरिङ जडान गरिसकेका छन् ।

धान उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले दक्षिणी झापाको पृथ्वीनगर, केचना, बालुबाडी, पथरिया, बनियानी र पाठामारीमा यो प्रविधि सञ्चालनमा ल्याएको छ । दुई वर्षयता परियोजनाले नयाँ÷नयाँ प्रविधि भित्र्याएर व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्ने काम गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।