धनकुटाको हिलेमा निर्माण भईरहेको ‘भ्यू प्वाईन्ट’ र ‘१०८ सिंढी’ निर्माणको काम ८५ प्रतिशत पूरा

धनकुटा खबर । पर्यटक प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा नगरपालिका वडा नं १ हिलेमा निर्माण भईरहेको भ्यू प्वाईन्ट र १ सय ८ सिंढी निर्माणको काम करिव ८५ प्रतिशत पूरा भएको छ ।

हिलेको धार्मिक तथा पर्यटकीय गन्तव्य वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर नजिकै रहेको पर्यटन मन्त्रालयको १ सय ३२ रोपनी जग्गा क्षेत्रमा करिव २४ सय स्क्वाएर फुटको भ्यू प्वईन्ट निर्माण गरिदै गरेको हो ।

पर्यटन मन्त्रालयबाट प्राप्त ११ लाख र वडा कार्यलयको २ लाख गरी जम्मा १३ लाख रकमले भ्यू प्वईन्ट र प्वईन्टबाट मन्दिर तर्फ झर्ने वाटोमा १ सय ८ सिढी निर्माण गर्ने कार्य अन्र्तगत अहिले ८५ प्रतिशत काम सकिएको भ्यू प्वाईन्ट निर्माण समितिका अध्यक्ष पासाङ शेर्पाले वताउनुभयो ।

भ्यू प्वाईन्ट र सिंढी निर्माणको लक्ष अनुसारको काम अव एक हप्ता सम्ममा लगभग पूरा हुने पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।