‘नेपालमा ४७ प्रतिशत यूवा बेरोजगार, ७४ प्रतिशत सीप नै नसिकी बिदेश जान्छन्’
धनकुटा खबर । नेपालमा ४७ प्रतिशत यूवाहरु बेरोजगार रहेको जिल्ला यूवा समिति धनकुटाले जानकारी दिएको छ ।

राष्ट्रिय यूवा परिषद् स्थापना दिवश २०७४ को अबसरमा आयोजित अन्तिरक्रिया कार्यक्रममा समितिले उक्त जानकारी दिएको हो ।
कार्यक्रममा सामाजिक अभियान्ता बिदुर सुबेदीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा १९ प्रतिशत पूर्ण र २८ प्रतिशत अर्ध बेरोजगार यूवा रहेको जानकारी दिए ।
जसमा बार्षिक ४ लाख ५० हजार बिदेशिने यूवाहरुमा ७४ प्रतिशत बीना दक्षता रोजगारका लागि बैदेशिक रोजगारमा जाने गरेका छन् । अर्ध दक्ष भएर रोजगारमा जानेको प्रतिशत २४ र पूर्ण दक्ष भएर जाने २ प्रतिशत मात्र रहेको कार्यपत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा समितिका अध्यक्ष अर्जुन छाराले यो बर्ष धनकुटाको यूवाहरुलाई बृद्धि–बिकासका लागि १८ लाख १८ हजार खर्च गरिने जानकारी दिए ।
कार्यक्रममा यूवा परिषद्मा आवद्ध धनकुटाका बिभिन्न संघ,संस्थाहरुलाई आवद्धताको प्रमाणपत्र दिईएको थियो ।
‘समृद्ध नेपालका लागि स्वस्थ्य,कर्मठ र उद्यमी यूवा’ भन्ने नाराका साथ भनाईएको उक्त दिवसमा जिल्ला समन्वय समिति धनकुटाका सभापति टंक चौहान,नेपाल पत्रकार महासंघका उपाध्यक्ष नगेन्द्र राई,लगाएत बिभिन्न ब्यक्तित्वहरुले शुभकामना दिएका थिए ।
बिश्वको १४५ देशमा गरिएको यूवा बिकासको सूचांकमा नेपाल ७७ स्थानमा रहेको नेपाल सरकार यूवा मन्त्रालयको तथ्यांक छ ।


