अर्थमन्त्रीको निर्देशनकै कारण धेरै राजस्व संकलन भएको हल्ला भ्रामक, यस्तो छ यथार्थ – भिडियो सहित

सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । यसमध्ये माघ मसान्तसम्ममा सरकारले भन्सार विन्दुहरुबाट लक्ष्यको तुलनामा ९५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको हो ।

गत मंगलबार देशभरका भन्सार विन्दूबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भयो । भन्सार विन्दूहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन् ।

सोमबारबाट अर्थमन्त्रीको रुपमा काम थालेका डा. युवराज खतिवडाले राजस्व सचिव र भन्सार विभागमार्फत सम्पूर्ण भन्सार कार्यालयलाई राजस्व संकलनको लागि निर्देशन दिनुभएको थियो ।

तर मन्त्रीको निर्देशनकै कारण मंगलबार धेरै राजस्व संकलन भएको हल्ला भने भ्रामक भएको भन्सार विभागका उप महानिर्देशक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो ।

होलीका कारण विदा भएर मालवहाक गाडीहरु पास नभएको र राजस्व बढि तिर्नुपर्ने सामग्री बोकेका गाडीहरु त्यस दिन आएका कारण राजस्व बढि संकलन भएको उहाँको तर्क छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।