नगरप्रमुख ममताप्रसाद चौधरीमाथि गोली प्रहारको आशंकामा ‘बिप्लव समुह’का तीन जना पक्राउ

कैलाली, फागुन २९ । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि माथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेका अनुसार प्रहरीले सुखड क्षेत्रवाट नेकपा माओवादी बिप्लव समुहका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए ।

उनले घटनाको थप अनुसन्धान भइरहेकोले अहिले नै पक्राउ परेका ब्यक्तिहरुको नाम खोल्न नमिल्ने जानकारी दिए ।

गत फागुन २४ गते भएको घटनामा विप्लब समुहका नेताले सामाजिक संजाल मार्फत एमालेले कारवाही नगरे जनकारवाही गर्ने धम्की दिएका थिए ।

सोमबार राति करिब सवा ८ बजेतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई नचिनेका मान्छेको समूहले काम छ भन्दै घर बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् ।

उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो ।

थप उपचारका लागि उनलाई राति नै नेपालगंज मेडिकल कलेज लगिएको हो । चौधरीलाई थप उपचारका लागि काठमाण्डौ लैजाने तयारी भएरहेको जनाएको छ ।

नगर प्रमुख चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी उपचारमा संलग्न चिकित्सकले आफूलाई गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विनोद शर्मा घिमिरेले बताएका छन् ।

३ वटा मोटरसाईकलमा आएको समूहले घर बाहिर बोलाएर आक्रमण गरेको बुझिएको उनले बताए ।

घटना स्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाईकल बरामद गरेको छ । उक्त मोटरसाईकल कसको हो भन्ने अबेर रातिसम्म खुलिनसकेको प्रहरी अधिकारीहरुले बताएका छन ।

चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर मेयर चौधरीलाई अस्पताल पुर्‍याइएको बताए ।

घरभित्र बसेका बेला बाहिर बन्दुक पड्किएको आवाज सुनेपछि बाहिर आउंदा आक्रमण भएको आफूले थाहा पाएको उनले बताए ।

‘घरमा पुगेकै बेला मेयरमाथि आक्रमण भएको देखेपछि दुवै जनाले आक्रमणकारीलाई रोक्न खोजे, तर पेस्तोल देखाएर तर्साए ।’ पाण्डेयले भने, ‘मेयरकी भाउजुले पनि रोक्न खोज्नु भएछ ।’

आक्रमणकारी पेस्तोल देखाउँदै मार्ने धम्की दिएर भागे ।’ आक्रमणको कारण र संलग्नता खुल्न नसकेको प्रहरी उपरिक्षक घिमिरेले बताएका छन् । – बिराज रोस्यारा/ईमेज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।