धरानबाट धनकुटा तर्फ आईरहेको स्काभेटर बोकेको ट्रक दुर्घटना, २ को मृत्यु, ३ जना गम्भिर घाईते
धनकुटा खबर । स्काभेटर डोजर बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना हुंदा २ जना सडक मजदुरको मृत्यु भएको भने ३ जनाको अबस्था गम्भिर रहेको छ ।

आज बिहान १० बजेतिर धरानबाट धनकुटा तर्फ आईरहेको ना ५ ख १९३६ नं. को ट्रक का शिराजमार्गको घण्टे खोलाको पुलमा दुर्घटना ग्रस्त भएको थियो ।
उक्त दुर्घटनामा परी धनकुटा साँगुरीगढी गाउँपालिका ७ का अन्दाजी ५५ बर्षिया बीर बहादुर राई र अन्दाजी ४५ बर्षिया रामजित रहेका छन् ।
सडकमा काम गरिरेका उनीहरुको दुर्घटना ग्रस्त ट्रकले ठक्कर दिंदा घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनाको समयमा सडकमा काम गरिरहेका उनीहरुलाई दुर्घटना ग्रस्त ट्रकले ठक्कर दिएको थियो ।
दुर्घटनामा परीरामेछाप मन्थली ७ का चालक दीप कुमार लामा,सह चालक मकवनपुर चन्द्रसरोवर २ निवासी चालक सनम तामाङ्ग,ट्रकमा सवार र काठमाण्डौ बाग्मती ६ का राजेश घिमिरे रहेका छन् ।
गम्भिर अबस्था रहेका उनीहरुको धरान स्थित बिपी मेमोरियल स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि लगिएको ट्राफिक प्रहरीले जनाएको छ ।


