आठ बर्ष बितिसक्दा पनि अझै बनेन धनकुटाको शहिदभूमी स्मृति पार्क !

धनकुटा खबर । २०३६ सालको बहुचर्चित छिन्ताङ्ग हत्याकाण्डका शहिदहरुको स्मृतीमा धनकुटाको शहिदभूमि गाउँपालिकाकामा निर्माणाधिन स्मृति पार्क आठ बर्ष बितिसक्दा समेत पुरा हुन सकेको छैन् ।

शान्तितथा पुननिर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहिदभूमि गाउँपालिकाको दुई र तीन नम्वर वडामा पर्ने पाताल डाँडामा निर्माणाधिन स्याटेलाइट पार्क, सामुगाउँ–पञ्चकन्या भएर पाताल डाँडाँ जोड्ने सडक, भ्यूटावर, सामुदायीक भवन र खानेपानी लगायत पूर्वाधारको ५० प्रतिशतकाम अझै बाँकि छ ।

ऐतिहासिक र्पटकिय स्थलको रुपमा विकास गर्ने लक्ष्य सहित निर्माण थालिएको स्मृति पार्कसम्म पुग्ने सात किलोमिटर मोटरबाटो ग्राभेल गर्ने भनिए पनि उक्त काम अझै पुरा भएको छैन् । भ्यूटावर र खानेपानीका पूर्वाधार पनि अधुरै छन् ।

गतबर्ष पर्यटन मन्त्रलयबाट ७० लाख रुपैयाँ बिनियोजन भए पनि ठेकेदारको ढिलासुस्तिका कारण काम हुन नसकेपछि ५० लाख रुपैयाँ भन्दा बढि रकम फ्रिज भएको थियो ।

ठेक्का मार्फत गरिएको काम सन्तोषजनक नभएपछि ठेक्का तोडेर यो बर्षबाट उपभोक्ता समिति मार्फत काम थालिएको छ ।

चालु आर्थिक बर्षमा दुई किलोमिटर सडक सोलिङ्ग, पोखरी, गेट तथा अलपत्र भ्यूटावर निर्माणका लागि ६५ लाख रुपैयाँ प्राप्त भएको पार्क निर्माण समितिका अध्यक्ष रुपलाल राईले जानकारि दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।