स्थापना दिवसको अवसर पारेर नेविसंघ धनकुटाले गर्यो रक्तदान !

धनकुटा खबर । नेपाल विद्यार्थी संघको ४९ औँस्थापना दिवस आज देकशभर विभिन्न कार्यक्रम गरी मनाईएकोछ । स्थापना दिवसको अवसर पारेर नेविसंघ धनकुटा क्याम्पस ईकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान जीवन दान भन्ने मूल नाराका साथ सञ्चालित कार्यक्रममा २९ पाउण्ड रगत संकलन भएको नेवि संघ जिल्ला सभापति वालानन्द दाहालले जानकारी दिनुभयो ।

संघका केन्द्रिय सहमहामन्त्री कृष्ण कार्कीको प्रमुख आतिथ्य तथा क्याम्पस ईकाई समितिका सभापति सरोज धमलाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा संकलीत रगत विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाईएको उहाँले वताउनुभयो ।

रक्तदान कार्यक्रममा कंग्रेस नेताहरु दिनेश राई,खेम पौडेल,नेवि संघ केन्द्रिय सदस्य सागर प्रसाई लगायतको उपस्थिती थियो । दिवसकै अवसरमा अन्य स्थानमा शूभकामना आदान–प्रदानलगायतको कार्यक्रम आयोजना गरिएको थियो ।

विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेपाल विद्यार्थी संघको स्थापना सभाको उद्घाटन गर्नुभएको थियो ।

त्यसयता बैशाख ६ लाई नेविसंघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।