अमेरिकी संस्थाद्वारा धनकुटाका ९६ बिद्यालयलाई पुस्तक बितरण
धनकुटा खबर । सामुदायिक बिद्यालयका आधारभूत तहको शैक्षिक गुणस्तर सुधार गर्न अमेरिकी संस्था यू.एस.आई.डी.ले धनकुटाका सामुदायिक बिद्यालयहरुलाई पुस्तक बितरण शुरु गरेको छ ।
पाँच बर्षे पुस्तक बितरण अन्तरगत गत बर्षबाट सुरु गरेको यू.एस.आई.डी.ले दोस्रो चरणका पुस्तक बितरण गरेको हो । अमेरीकी जनताको आर्थिक सहयोगमा कक्षा १,२ र ३ का लागि उपलब्ध गराईएको उक्त पुस्तकहरु नेपालको रिसचर्स ट्याङ्गल ईन्शिच्युट संस्थाले सामा प्रेस मार्फत् बितरण शुरु गरिएको हो ।
जिल्लाका कुल दुई सय ९६ सामुदायीक बिद्यालयलाइ प्रति बिद्यालय ५ सय ९४ थान पुस्तक बितरण गरिने सामा प्रेस धनकुटाका प्रतिनीधि खगेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
बिभिन्न १ सय ९८ शिर्षकमा पुस्तक उपलब्ध गराइएको छ । नेपालको १६ जिल्ला मध्ये पूर्वको सप्तरी जिल्ला संगै धनकुटामा पनि उक्त ५ बर्षे कार्यक्रम लागू गरिएको हो ।


