धनकुटाको पाख्रीवासमा जेष्ठ नागरिक र वालकलाकार सम्मानित

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाको नगर स्तरिय वालान भजन र्कितन समूहले आज एक कार्यक्रमको वीच ४ जना जेष्ठ नागरिक र १२ जना वाल कलाकारहरुलाई सम्मान गरेको छ ।

समूहका अध्यक्ष महेन्द्र वहादुर वस्नेतको अध्यक्षता तथा ४ नं वडाध्यक्ष शोवित निरौलाको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको वीच जेष्ठ नागरिकहरुलाई राम नाम लेखिएको दोसल्ला ओढाई सम्मान गरिएको हो भने वाल कलाकारहरुलाई पूजा गर्ने थाली र कपी डटपेन प्रदान गर्दै सम्मान गरिएको हो ।

सम्मानित हुने जेष्ठ नागरिकहरुमा खड्ग वहादुर खड्का, देव कुमारी खड्का, हिरालाल कार्की र मनमाया वस्नेत रहेकाछन् । त्यस्तै वाल कलाकारहरुमा सोनु राई, समिता वस्नेत, पवित्रा वस्नेत, पविना पाण्डे, मिना भण्डारी, खुशी शेर्पा, रोजिना भट्टराई, समिक्षा वस्नेत, पवन पाण्डे, तेजस भण्डारी र रिजन भट्टराई रहेकाछन् ।

यी वालवालिकाहरुले गत श्री कृष्ण जन्मष्टमीको अवसरमा पाख्रीवासमा आयोजित राधा कृष्ण झाँकी नृत्यमा आ आफ्नो प्रतिभा प्रर्दशन गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖