सकियो धनकुटाको सागुरीगढी स्थित भूमिश्वर प्राविको भवन मर्मत कार्य
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका ८ को भूमिश्वर प्राविको २ कोठे भवन मर्मत तथा रङ्गरोगन कार्य सकिएको छ ।

फाईल फोटो
सागुरीगढी गाउँपालिकाको २ लाख लागतमा गएको ७ दिन अघिदेखी शूरु गरिएकोभवन मर्मत कार्य आज पूरा भएको हो ।
मर्मत कार्य अन्र्तगत भवनको वाहिरी भागमा प्लास्टर र रङ्गरोगन गरिएको भवन निर्माण समितिका अध्यक्ष श्याम वहादुर राईले वताउनुभयो ।


