यसरी गरिदैछ पाख्रीबासस्थित जालपादेवी मन्दिरको स्तरोन्नती (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ को धार्मिक स्थल जाल्पादेवी मन्दिरको स्तरोन्नती कार्य शूरु भएको छ ।

चालु आर्थिक वर्ष २०७४-०७५ को ४ नं वडाको देवस्थल जिर्णोद्धार तथा मर्मत योजना अन्र्तगत मन्दिरको स्तरोन्नती गरिदै गरिएको हो । जसअनुसार ४ लाख ३० हजारको लगतमा अहिले मन्दिर वरिपरी साढे ४ फुट उचाईको पर्खाल उठाउने,६ फुट अग्लो रेलिङ्ग लगाउने र भजन र्कितनका लागि ६/१२ को भवन ९ट्रष्ट० निमार्ण गरिने ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

भजन र्कितनका लागि वनाईदैगरेको भवन आगामी दिनमा विस्तार गर्ने योजना रहेको समेत उहाँले वताउनुभयो । यसको निर्माणको जिम्मा दिपेन्द्र भट्ट्राई अध्यक्ष रहेको उपभोक्ता समितिले लिएको छ ।

वडाले चालु आर्थिक वर्षको देवस्थल जिर्णोद्धार तथा मर्मत योजनाको काम अन्र्तगत यसअघि जाल्पादेवि मन्दिर भन्दा करिव १ हजार मिटर तल भाङबारी भन्ने स्थानमा हरेको जलदेवी थान सम्म पुग्ने वाटोको ट्रयाक खोलिसकेको वडाध्यक्ष निरौलाले वताउनुभयो । वडाको २ लाख लगतमा निरौलागाउँ डाँडाघरदेखी देविथान सम्म पुग्ने साढे ३ सय मिटर वाटोको ट्रयाक खालिएको हो ।

देवीथान वरीपरीको करिव १ रोपनी क्षेत्रको मैदान भने आफ्नो व्यक्तिगत २५ हजार लगतमा आफुले सम्याउने काम गरेको वडाध्यक्ष निरौलाको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।