आयुर्वेदिक उपचार प्रति विरामीको आर्कषण, धनकुटामा ५ हजार ९ सय ४१ जनाले सेवा लिए

धनकुटा खबर । धनकुटामा पछिल्लो समय आयुर्वेदिक उपचारपद्धति प्रति विरामीको आर्कषण वृद्धी भएको पाईएको छ ।

फल स्वरुप कोशी अञ्चल आयुर्वेद औषधालय धनकुटामा गत आर्थिक वर्षमा ५ हजार ९ सय ४१ जनाले विभिन्न रोगको उपचार सेवा लिएकाछन् ।

औषधालयले गत वर्ष ७ लाख ९४ हजार वरावरको लागतमा विभिन्न कार्यक्रम सञ्चालन गर्दा उल्लेखित संख्याका विरामीले उपचार सेवा लिएका हुन् । यो तथ्यांक अघिल्लो आर्थिक वर्ष २०७३/७४ को तुलनामा औषत ५ प्रतिशतले वढी भएको औषधालय प्रमुख चन्द्र कुमारलाल कर्णले जानकारी दिनुभयो ।

यसरी पछिल्लो समयमा यो उपचार पद्धति प्रति सर्वसाधारणको आकर्षण वढ्नुमा उनीहरुको चेतना तथा शिक्षामा वृद्धी हुनु,आयुर्वेद उपचारको सकरात्मक कुराहरु सर्वसाधारणले वुझ्नु लगायत रहेको प्रमुख कर्णले वताउनुभयो ।

उहाँले यस प्रकारको उपचार पद्धतिले दिर्घकालिन दुष्प्रभाव नहुने, पुरानो रोगलाई वृद्धी हुन नदिने र अन्य असरहरु नगर्ने समेत वताउनुभयो । औषधालयले जेष्ठ नागरिकहरुको स्वास्थ्य रक्षात्मक तथा प्रवद्र्धन कार्यक्रम, स्तन पाई, स्नेह स्वेदन,ल्याव टेष्ट,विद्यालय आयुर्वेद योग शिक्षा, नि:शूल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । अघिल्लो आर्थिक वर्ष २०७३/७४ मा औषधालयवाट ८ हजार ५ सय १९ जनाले सेवा लिएका थिए ।

संख्यत्मक हिसावले हेर्दा आर्थिक वर्ष २०७३/७४ मा धेरै विरामीले सेवा लिएको देखीएपनि दुवै वर्षको वजेट, विरामी संख्या र सञ्चालित कार्यक्रमहरुलाई तुलना गर्दा आर्थिक वर्ष २०७४/७५ मा औषधालयवाट सेवा लिने विरामीको संख्या औषत ५ प्रतिशतले वढी रहेको जनाईएको छ । आर्थिक वर्ष २०७३/७४ मा औषधालयले ११ लाख ९५ हजार ९ सय २० रुपयाँ वरावरको कार्यक्रम सञ्चालन गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖